नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पर्वतका सेक्रेटरी भिम बहादुर हमाल अल्वर्टले शहिदहरुको सपना साकार पार्न हतियार उठाएर लड्न पर्ने भएपनि आफुहरु तयार रहेको बताएका छन् ।
पर्वतकाे तिलाहारका शहिद शम्भु नेपालीको स्मृती दिवसको अबसरमा आज अायाेजित कार्यकममा सेक्रेटरी हमालले शहिद परिवारलाई सम्मान गर्दै यस्तो बताएका हुन ।
हमालले जनताको सेवा गर्ने नाममा जनप्रतीनिधीहरुले जनतालाई लुट्नेकाम शुरु गरेको भन्दै यसको बिरुद्ध आम नागरिकहरु अब बोल्नु पर्ने अबस्था आएको बताएका छन् । सम्मान तथा स्मृती दिवसमा बोल्दै अल्वर्टले थपे अब आफ्नो पार्टीले जनतालाई लुट्नेहरुको लिष्ट नै तयार पारेर जनसरकारको माध्यामबाट जनताको सेवा गर्ने बताए ।
कार्यक्रममा बोल्ने अधिकांस बत्ताहरले शहिदको सपना साकार नपारेसम्म जनताको उपलब्धी रक्षा हुन नसक्ने बताएका थिए । भने जनयुद्धको क्रममा शहिद भएका शम्भु नेपालीको फोटोमा माल्याल्पण तथा शहिद शम्भु नेपालीका बाबा आमालाई सम्मान गरेका थिए ।
स्मृती दिवस तथा शहिद परिबार सम्मान कार्यक्रममा नेकपा पर्वतका नेता क्षेत्र कहादुर रेग्मी किसान, माओवादी केन्द्रका मोदी गाउँपालिका प्रमुख मन बहादुर पौडेल, नेकपा एमालेका बाबुराम पराजुली, माओवादी केन्द्रकाी मोदी गाउँ पालिका सचिव गगाँ तिमिल्सीना, नेपाली कांग्रेसका धन बहादुर नेपाली, माओवादी केन्द्रका सल्लाहाकार तुलसी गिरी लगायतले बोलेको थिए । कार्यक्रमको अध्यक्षता शहिद शम्भु नेपालीका वुवा जित बहादुर नेपाली र सञ्चालन नेकपाका १ नम्बर कमाण्ड इन्चार्ज प्रकाश लामिछानेले गरेका थिए ।