लागूपदार्थ विदेश लैजान मासुको सुकुटीमा चरेस

अनलाइन दर्पण 2016-12-18

काठमाडौँ । मासुको सुकुटी झैँ देखिने गरी चरेस मिसाएर विदेश लैजान लागेको अवस्था प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

तीन केजी चरेससहित हङकङ जान लागेको अवस्था प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्वत जिल्ला लेखफाट गाविस वडा नम्वर ८ बस्ने ४१ वर्षीय अविर शेर्पा मगर र कास्की जिल्लाको घान्द्रुक गाविस वडा नम्वर ८ गौरिगाउँ बस्ने ६५ वर्षीय नरमान गुरुङलाई पक्राउ गरेको हो।

उनीहरुले हरियो रङको सुटकेशभित्र कपडा, धुप र सुकुटीमा चरेसको ३०८ वटा क्याप्सुल बनाएर लैजान लागेका थिए।

पछिल्लो समय लागू औषधका कारोबारीले बुद्धग्रन्थको किताब, माछा मार्ने डोरी, सुटकेशमा फल्स बटम बनाएर प्रहरीलाई झुक्याउने गरी लागू औषधको कारोबार गर्ने गरेको खुलेको छ।

सम्बन्धित समाचार

Advertisement