आफ्नै दाजुले गरे बहिनीको बलात्कार, बहिनीले जब बलात्कारको त्यो क्षण सुनाईन जुन सुन्दा सबै चकित परिन्छ (भिडियो)

अनलाइन दर्पण 2018-03-30
img

एउटै कोखबाट जन्म लिएका आफ्नै माइला दाजुले बहिनीको अस्मितामा दाख लगाए । तम्घासको एक बिद्यालयमा कक्षा ९ मा पढ्दै आएकी उनी बिरामी परेकाले घर गएकी थिइन् । तर घरमा कोही नभएको समयमा आफ्नै दाजुले आफुमाथी कुकित्र्य गरेको किशोरीले बयान दिएकी छिन् ।

आफ्ना दाजुले यसभन्दा अगाडी पनि पटक पटक आफुलाई बलात्कारको प्रयास गरेको किशोरीको भनाई छ । आफ्ना संवेदनशिल अङ्गहरु छुने, जिस्काउने र दुई पटकसम्म बलत्कारको प्रयास गर्दा आफु बच्न सफल भएको बताएकी छिन् । तर यसपटक भने घरमा कोही नभएको समयमा दाजुले आफुमाथी बलात्कार गरेको किशोरीको भनाई छ ।

आफ्नै दाजुले आफ्नो भविस्य पनि अन्धकारमा पारेको किशोरीको भनाई छ । संगसंगै अब यो संसारमा कसैलाई बिश्वास गर्ने ठाउँ नभएको उनी बताउँछिन् ।

सोमबार आफ्नै दाजुबाट आफ्नै घरमा बलात्कृत भएकी किशोरी बुधबार जिल्ला प्रहरी चौकी गुल्मिमा उजुरी दिन पुगेकी थिइन् । किशोरीलाई बलात्कार गर्ने उनकी २८ वर्षिया दाजु १५ वर्षदेखी डोजर अपरेटरको काम गर्दै आएका थिए ।

यति बेला किशोरीकी दाजुलार्ई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।

आफ्नै दाजुबाट पीडित बनेकी किशोरीको सुन्दर भविस्यको कल्पना समेत यतिबेला ओझेलमा परेको छ । ती दाजुले उनको अस्मिता मात्र लुटेनन् उनको भविस्य पनि लुटेका छन् ।

 

सम्बन्धित समाचार

Advertisement