गाई काटेको आरोपमा ४ जना पक्राउ

अनलाइन दर्पण 2018-03-30
img

गोरखाको अाजिकोट गाउँपालिका, वडा नम्बर–४ सिम्जुङबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीय आइते सार्की, मंगले सार्की, बुधे सार्की र रामे सार्कीलाई गाई काटेर खाएको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएर गौबध मुद्दा दर्ता गराएको हो ।

स्थानीयको सुराकीका आधारमा इलाका प्रहरी कार्यालय जौवारीबाट गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखामा बुझाएको हो ।

‘हामीले उहाँहरुलाई प्रकाउ गरी कानुन अनुसार कारवाही गर्न प्रक्रिया अगाडी बढाइसकेका छौँ’, जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले बताए ।

चारै जना आरोपीका बारेमा जिल्ला अदालत गोरखा बाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी रिजालले बताएका छन् ।

सम्बन्धित समाचार

Advertisement