डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार

अनलाइन दर्पण 2016-12-08
img

२३ मंसिर । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ ।

अाज पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो ।

जुत्ता प्रहार गर्ने कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराई अर्थशास्त्र विषयका एम.ए.का विद्यार्थी हुन् । कार्यक्रममा डा.भट्टराई बोल्दै गर्दा सञ्जीवले जुत्ता प्रहार गरेका थिए ।

भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जिवले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाए ।

डा.भट्टराईमाति जुत्ता प्रहार भएपछि नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीहरुले जुत्ता प्रहार गर्ने सञ्जीवलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । जसक्रममा सञ्जिवमाथि हातपात समेत भएको छ । र, उनको कान र नाकमा सामान्य चोट लागेको छ ।

सम्बन्धित समाचार

Advertisement