संविधान संशोधन विधेयकको विरोध गर्दै एमालेद्वारा संसद अवरुद्ध, भोलिसम्म बैठक स्थगित

अनलाइन दर्पण 2016-12-02
img

काठमाडौँ प्रमुख प्रतिपक्षी दल एमालेले आजको संसद बैठक अवरुद्ध गरेको छ। दिउँसो सवा १ बजेपछि संसदको बैठक सुरु हुने बित्तिकै समय लिएर एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले मंगलबार राति दर्ता गरेको संविधान संशोधन विधेयकको विरोधमा बोल्न समय मागे।

गौतमले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकले नेपालको संविधानको ठाडो उल्लङ्घन गरेको आरोप लगाए। रुपान्तरित संसदलाई प्रदेश हेरफेर नगर्ने अधिकार नदिएको भन्दै सरकारले अधिकार मिचेर संशोधन प्रस्ताव दर्ता गरेको उनले बताए। 

कसैलाई रिझाउनको लागि संशोधन विधेयक पेश भएको  र प्रधानमन्त्रीले संविधान बुझेर पनि संविधानको उल्लङ्घन गरेको आरोप उनले लगाए। 'हिमाल र तराईलाई भिडाएर देशलाई बर्बादीतर्फ लैजान खेल भइरहेको भन्दै एमालेले संविधान संशोधन विधेयकमा रहेको नागरिकता, भाषा र प्रदेश टुक्राएको विषयमा घोर विरोध गर्ने बताए ।  

उनले आजको संसद चल्न नदिने बताएपछि सभामुख ओनसरी घर्ती मगरले सदनको आजको कार्यसूचीमा सं‌विधान स‌ंशोधनको विधेयक नरहेको भन्दै उठिरहेका सांसदहरुलाई बस्न आग्रह गरिन्। तर सांसदहरुले आफ्नो आसनबाट उठेर विरोध जारी राखेपछि सभामुखले भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिन्।

सम्बन्धित समाचार

Advertisement