समाचार
-
भोटेकोशी–त्रिशूली बाढीको कहर : ६ हजारभन्दा बढी घर बगे, क्षति १२ अर्ब पुग्ने अनुमान काठमाडौं, १६ भदौ । भोटेकोशी तथा त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीले तीन जिल्लामा ६ हजारभन्दा बढी निजी घर बगाएको प्रारम्भिक अनुमान सरकारले गरेको छ। बाढीबाट निजी आवासतर्फ मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।