एक भेडा चराउने बालिका पछि गएर कसरी बनिन् फ्रान्सको शिक्षामन्त्री ?

अनलाइन दर्पण 2017-12-19
img

हाल सामाजिक सञ्जालमा एक युवतीले सानोमा भेडा चराउँदाको तस्बिरहरु भाइरल भइरहेको छ ।

यो सबैलाई प्रेरणा दिने नजाद भल्लाउद–बेल्कासेम, एक मोरोक्कोकी केटीको कथा हो जो आज फ्रान्सको शिक्षा मन्त्री बन्न सफल भएकी छिन् । उनको जन्म सन् १९७७ मा नाडोरमा भएको थियो । बाल्यकालमा भेडा चराउने देखि अन्य कामहरु गरेकी नजादको संघर्षको कथाले धेरैलाई जीवन सफल बनाउन प्रेरणा दिने काम गरेको छ ।

उनको यस कथाले असम्भव भन्ने कुरा केही नरहेको र दृढशक्ति र विश्वासले हरेक समस्या जित्न सकिने बताउँछ ।

नजादले संघर्ष भन्ने कुरा ४ वर्षको कलिलो उमेरमा नै सिकिसकेकी थिइन् । उनी चार वर्षको छदाँ इनारबाट पानी ल्याउने काम गर्थिन् । मोरक्कोमा छदाँ नजादको पिताले निर्माणमा कामदारको रुपमा काम गर्थे ।

जब उनी चार वर्षको थिइन् तब उनको परिवार फ्रान्समा बसाइ सरेको थियो । त्यसपछि उनको जीवनमा झन् संघर्ष दिनहरु देखिए । उनलाई फ्रेन्च भाषा आउथेन । त्यसका कारण पनि उनी र उनको परिवारलाई अरुसँग वार्तालाप गर्न निकै कठिन भएको थियो ।

तर, असली हिरो झनै, उनले हार मानिनन् । उनी आफ्नो पढाइलाई मुख्य केन्द्रमा राखेर अगाडि बढिन् । अन्ततः उनले फ्रेन्च भाषामा दख्खलता हासिल गरिन् । कलेजको पहिलो वर्षमा नै उनले आफुलाई निकै परिष्कृत गरिसकेकी थिइन् ।

अमिइन्स विश्वविद्यालयमा उनले राजनीति विषयमा पढ्न चासो देखाइन् । उच्च शिक्षाका लागि यो फ्रान्सको एउटा विशिष्ट इन्सिच्युट हो । यसपछि उनलाई राजनीतिप्रति बढी चासो हुन थाल्यो । कडा लगन र परिश्रमका कारण सन् २००२ मा उनले पेरिस इन्सिटुट अफ पोलिटिकल स्टडिजमा उनी ग्रयाजुएट भइन् । त्यसपछि उनी समाजवादी पार्टीमा प्रवेश गरिन् । उनले नागरिकका हक अधिकार, सुलभ घर तथा भेदभावविरुद्ध लड्न सुरु गरिन् ।

उनी काउन्सिलओमनको रुपमा रोन अलपिन्समा निर्वाचित भएकी थिइन् । उनले अफिसमा रहेर सन् २००८ सम्म काम गरिन् ।

सन् २००८ मा उनी काउन्सिल जनरल अफ द रोन डिपार्टमेन्टमा निर्वाचित भइन् । त्यसपछि उनलाई राजनीतिमा चिनिन थाल्यो ।

सन् २०१२ मा उनलाई महिला अधिकार मन्त्री र प्रवक्ताको रुपमा सरकारले नियुक्त गरेको थियो । राष्ट्रपति होल्याण्डेले उनलाई चुनेका थिए ।

अन्ततः सन् २०१४ मा उनी शिक्षामन्त्रीमा निर्वाचित भएकी थिइन् । उनी हाल ३८ वर्षकी भएकी छिन् । फ्रान्सको पहिलो महिला शिक्षामन्त्री बन्न उनी सफल भएकी छिन् । नेपालीपत्रबाट साभार

सम्बन्धित समाचार

Advertisement