किशन  र दृष्टि बने मिस्टर एण्ड मिस माेडर्न २०७४

अनलाइन दर्पण 2017-11-04
img

भक्तपुर ।  मिस्टर एण्ड मिस माेडर्न  कन्टेस्ट २०७४ काे उपाधी किशन थापा र  दृष्टि थापाले हात पार्न सफल भएका छन् ।  दधिकाेटस्थित मोडर्न स्कुल र कलेजले शुक्रबार आयोजना गरेको  प्रतियोगीतामा  ५५ प्रतिस्पर्धीलाई उछिन्दै टप चौध प्रतिस्पर्धीको फाइनल राउन्डमा सबैलाई पछिपार्दै कक्षा ११ का किशन थापाले मिस्टर मोडर्न-२०७४, दृष्टि थापा मिस मोडर्न-२०७४ बन्न सफल भएका हन् । 

प्रतियोगीताबाट सन्देश राई मिस्टर मोडर्न ट्यालेन्ट-२०७४ र मोतीमाया तामाङ मिस मोडर्न ट्यालेन्ट-२०७४ बन्न सफल भए ।

कार्यक्रममा शुरशाला म्युजिक एकेडेमी र शुरशाला फाउन्डेसनका अध्यक्ष एवम गायक तथा संगीतकार अमृत क्षेत्री, शुरशाला म्युजिक एकेडेमीका प्रमुख संगीता राजभण्डारी क्षेत्री, चैतन्य इस्टिट्युटका सिइओ गणेश प्रसाद जोशी, मिस मोडर्न २०६७ सपना भुजु, मिस्टर मोडर्न २०६७ रोशन श्रेष्ठ, मिस मोडर्न २०७० मनिषा प्रधान र रचनाकार, गायक तथा संगीतकार कपिल कसपाल अतिथिका रूपमा रहेका थिए । 

कार्यक्रमको निर्णायक मण्डलको भुमिकामा गायक तथा संगीतकार क्षितज कुलुङ, नृत्य शिक्षक तथा नृत्य निर्देशक समीर श्रेष्ठ र नृत्य निर्देशक तथा मोडल सन्तोष भुजेल रहेका थिए  ।

सम्बन्धित समाचार

Advertisement