विनायकमा स्काउट दीक्षान्त सम्पन्न

अनलाइन दर्पण 2016-11-07
img

मध्यपुर ठिमी स्थित विनायक शिक्षा निकेतन स्कुलले स्काउट दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको छ । विद्यालयको मध्यपुर ठिमी नगरपालिकासँगै रहेको नवनिर्मित भवनमा सम्पन्न समारोहमा विद्यालयका करिव ३०० स्काउटहरु दीक्षित भएका थिए ।

 नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका प्रमुख आयुक्त रविन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा नव प्रवेशी विद्यार्थीहरुले सदस्यता ब्याजका साथै वी.पी.ब्याज प्राप्त गरे भने अन्यले अन्नपूर्ण र कन्चनजङ्घा ब्याज प्राप्त गरेका थिए ।

वि.सं.२०५९ सालमा स्थापित विनायक शिक्षा स्काउट ट्रुपले विद्यार्थीहरुलाई व्यवहारिक र नैतिक ज्ञान दिने उदेश्य राखेर धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कार्यक्रममा भाग लिएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताए । समारोहका प्रमुख अतिथि दाहालले यस विद्यालयले यति धेरै स्काउट उप्पादन गरेर व्यवहारिक ज्ञान दिएकोमा खुशी व्यक्क्त गरे । उनले यस्तो कार्यक्रममा आफू पहिलो पटक उपस्थित भएको र अत्यन्तै हर्षित भएको बताए ।

समारोहमा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्क्ति मोहन पौड्याल, जिल्ला स्काउट समन्वय आयुक्त्त शिव त्वानाबासु, स्थानीय आयुक्त्त हरिवहादुर श्रेष्ठ, पूर्व स्थानीय आयुक्त्त भुवनचरण श्रेष्ठ लगायतले दीक्षित विद्यार्थीलाई बधाइ दिएका थिए । विनायकका स्काउट मास्टर द्वय दिलकृष्ण प्रजापति र तुल्सिहरि प्रजापतिलाई स्काउट प्रधान कार्यालयबाट हालसालै स्काउट दीर्घ सेवा पदक प्राप्त गरेकोमा विद्यालयले सम्मान गरेको थियो ।

स्काउट मास्टरहरु शालिकराम ओली, सानु चक्रधर, सुमित्रा कार्की, रोजी तामाङ्ग लगायतलाई पनि विद्यालयले सम्मान गरेको थियो । विभिन्न साँस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रमको सञ्चालन स्काउट मास्टर रोजी तामाङले गरेकी थिइन भने कार्यक्रमको संयोजन शालिकराम ओलीले गरेका थिए । यस्ता कार्यक्रमले आफूहरुले नौलो र व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पु¥याएको कक्षा ७ की विद्यार्थी रिजा प्रजापतिले बताईन् ।

सम्बन्धित समाचार