काठमाडौं, ७ असोज। संसदमा भएकाे शिक्षा एेन विधेयककाे नवाै संसाेधन राष्ट्रकाे हित विपरीत भएकाे भन्दै नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सहित ५ विद्यार्थी संगठनले अाज शान्तिबाटिकामा विराेध प्रदर्शन गरेकाे छ ।
विराेध प्रदर्शन सभालार्इ सम्वाेधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष पूर्ण वहादुर सिंहले शिक्षा क्षेत्रका मतियारहरु जाे राष्ट्रिय शिक्षालार्इ करिव २५ वर्ष पछाडी धकेल्दै अध्यापन अनुमति पत्र प्राप्त करिव ७ लाख शैक्षिक जनशक्तिलार्इ लात मारेर लाखाै विद्यार्थीहरुकाे भविष्यमाथी खेलवाड गरेर याे नवाै शिक्षा एेन विधेयक पारीत गरेकाे बताउनु भयाे ।
अध्यक्ष पूर्ण वहादुर सिंहले राष्ट्रिय शिक्षाकाे संरक्षण गर्नुकाे सट्टा झन झन धरासायी बनाउन शैक्षिक दलालहरुकाे हितमा भएकाे याे नवाै शिक्षा एेन संसाेधन विधेयक खारेज नगरे कडा संघर्षमा उत्रने चेतावनी समेत दिनुभयाे ।
शिक्षा एेन विधेयककाे नवाै संसाेधन २०७४ असाेज ३ गते संसदमा पारित भएकाे थियाे ।