भक्तपुर,१९ भदाै । ब्यासीस्थित एभरेस्ट इंगलिस स्कुलले तराईका बाढीपहिरोका कारण घरवारवीहिन बनेकाहरुका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकाे छ ।
विद्यालयका विद्यार्थी, शिक्षक,तथा कर्मचारीहरूद्वारा संकलन गरिएकाे रकम अाज (सोमबार) विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले जिल्ला दैवीप्रकोप उद्धार कोषका अध्यक्ष एवम् भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभएकाे हाे ।
विद्यालयले केही दिन अघि फिड नेपालमार्फत १० हजार तथा लायन्स क्लव ललिपुरमार्फत वाढीपीडितका लागि भनी ७ हजार रुपैया सहयोग गरेको थियाे ।