भक्तपुर । मध्यपुरथिमिको शंखधरचोकस्थित सिबर्ड ईन्टरनेसनल कलेजले आफ्नो १६ औ बार्षिकोत्सबको अवसरमा अन्तर बिद्यालय भक्तपुर जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न बिद्यालयका ३५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । सहभागी कविहरुले शिक्षा र देशप्रेमका बिषयमा आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा नौलो ज्योति माध्यमिक बिध्यालयका छात्र प्रभात शाहले प्रथम, प्राइम एकेडेमी बोड़ेकी छात्रा क्रिस्टी खड्काले दोश्रो, नोबेल स्कूलका छात्र सुयोग बरालले तेस्रो र विनायक शिक्षा निकेतनकी छात्रा सिल्वी प्रजापतीले चौथो स्थान हासिल गर्न सफल भए ।
आफ्ना रचनाहरु कार्यक्रमका प्रमुख अतिथी ब्याकुल माइला र मुख्य निर्णायक कबि भोज राज न्यौपाने र नबिन प्रकाश श्रेष्ठका सामु बाचन गर्दा प्रतियोगीहरु निकैनै उत्साही बनेका थिए ।
प्रतियोगिताका विजेताहरुलाई प्रशंसा पत्र, पदक र नगद पुरस्कारद्वारा सम्मानित गरिएको थियो । विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने सबै बिध्यालायाहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।