ग्ल्याडस्टोनमा एकल गायन प्रतियोगिता सम्पन्न

अनलाइन दर्पण 2017-08-30
img

भक्तपुर,१३ भदाै । ग्ल्याडस्टोन एकेडेमी मध्यपुर ठिमीले एकल गायन प्रतियोगिता सम्पन्न गरेकाे छ। विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत साेमबार आयोजित कार्यक्रममा विद्यालयका कक्षा ६ देखि कक्षा ९ सम्मका २१ जना विद्यार्थीले सहभागिता जनाए थिए ।

प्रतियोगितामा सहभागी विद्यार्थीले विभिन्न नेपाली सुमधुर गीतहरू गाएर विद्यालयलाई संगीतमय बनाए।

प्रतियोगितामा सहभागी विद्यार्थीहरु मध्ये कक्षा ७ मा अध्ययनरत छात्रा दिपिका पाण्डे पहिलो,कक्षा ९ मा अध्ययनरत छात्रा निखिला बस्नेत दोश्रो,कक्षा ८ मा अध्ययनरत छात्र सागर खड्का तेस्रो तथा कक्षा ८ मै अध्ययनरत छात्र अंकित भण्डारी सान्त्वना स्थान हासिल गर्न हुन सफल भए ।
प्रतियोगितामा विजयी विद्यार्थीलाई विद्यालयले पुरस्कार स्वरुप शिल्ड तथा प्रमाणपत्र प्रदान गरेकाे थियाे ।

सम्बन्धित समाचार