भक्तपुर, ७ श्रावण । मध्यपुर ठिमी अवस्थित ग्ल्याडस्टोन एकेडेमीले शुक्रबार "ग्ल्याडस्टोन स्काउट ट्रुप" को दिक्षान्त समारोह सम्पन्न गरेको छ । विद्यालयका प्रधानाध्यापक तथा स्काउट ट्रुप संरक्षक विनोद कुमार कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका स्काउट शिक्षक तथा राष्ट्रिय ट्रेनर भुवनचरण श्रेष्ठले ७६ जना स्काउट विद्यार्थीलाई दिक्षित गर्नु भएको हो ।
समारोहमा विभिन्न कोर्ष पूरा गरेका स्काउट विद्यार्थीलाई ब्याज तथा नयाँलाई स्कार्फ तथा डोरी प्रदान गरिएको थियो ।
स्काउट संरक्षक तथा विद्यालयका प्रधानाध्यापक कोइरालाले विद्यालयमा स्काउटको महत्त्वको विषयमा चर्चा गर्नु हुँदै राष्ट्रको चौतर्फी विकास र व्यक्तिको व्यक्तित्व र नेतृत्व विकास गरि सवल तथा सक्षम नागरिक निर्माणका लागि विद्यालयमा स्काउटको अहम् भूमिका रहने बताउनु भयो ।
कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्का र स्काउट शिक्षक तथा राष्ट्रिय ट्रेनर भुवनचरण श्रेष्ठले समेत आ आफ्नो मन्तव्य राख्नु भएको थियोे ।