काठमाडौँ । बि. सं. २०५६ सालदेखि कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तीर्णभई बसेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि हालसम्म अनुत्तीर्ण रहेका विद्यार्थीहरुलाई पुन: परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।
बोर्डले अङ्क प्रणालीमा अनुत्तीर्ण वा अनुपस्थित र अक्षराङ्कन प्रणाली (ग्रेडिङ सिस्टम) मा तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थीहरुले यही मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको हो।
हेर्नुहाेस् सुचनाः