प्याब्सन भक्तपुरको कोभिड राहत योजना सुरु

अनलाइन दर्पण 2023-06-06

  दिनेश कार्की

दिनेश कार्की । जेठ १०,भक्तपुर । कोभिड-१९क‍ो दोस्रो लहर बढेसँगै प्याब्सन भक्तपुरको जिल्ला सदस्य बिद्यालयहरुको बैठक तथा कार्य समितिको बैठकद्वारा कोभिडको दोश्रो लहरको असहज परिस्थितिमा सदस्य बिद्यालयका प्रिन्सिपल,संस्थापक,शिक्षक तथा कर्मचारीहरूलाई सहयोग गर्न हेतुका साथ भक्तपुर प्याब्सन कोभिड राहत कोष स्थापना गरेको छ। सदस्य विद्यालयहरुबाट स्वैच्छिक रुपमा आर्थिक सहयोग सङ्कलन गरी कोभिडबाट प्रभावित प्रिन्सिपल,संस्थापक, शिक्षक, कर्मचारी आदिलाई बिना भेदभाव सहायोग गर्ने यो राहत कोषको मुख्य उदेश्य रहेको छ।

हालको अवस्था तथा उपलब्ध श्रोत साधनलाई मध्य नजर गरी विभिन्न चरणमा राहत सहयोग उपलब्ध गर्ने भएको छ ।पहिलो चरण अन्तर्गत वर्तमान अवस्थामा अस्पतालमा उपचारार्थ प्रिन्सिपल, संस्थापक, शिक्षक तथा कर्मचारी आदिलाई सहयोग गर्ने भएको छ । जस अन्तर्गत उपचारको गम्भिरतालाई हेरी तपशिल अनुसारको सहायोग उपलब्ध गर्नेछ ।

१. Hospitalized in ICU with Ventilator - १० जनालाई प्रति ब्यक्ति रु. २५०००-

२. Hospitalized in ICU - २० जनालाई प्रति ब्यक्ति रु. १५००० /-

३. Hospitalized in COVID ward ३० जनालाई प्रति ब्यक्ति रु. १०००० /- सहायोग उपलब्ध गर्नेछ ।

यो सहयोग प्राप्त गर्न सम्बन्धित बिद्यालयको लिखित सिफरिस नगर समितिमा उपलब्ध गराउनु पर्ने तत् पश्चात नगर कमिटिबाट राहत कोषमा पेश गरेपछी प्रक्रिया अगाडि बढ्नेछ। सिफारिससँगै बिरामीको COVID positive रिपोर्ट तथा अस्पतालको कागजातहरुको फोटोकपी वा डिजिटल कपि सङ्लग्न हुनु पर्नेछ ।

त्यसैगरी दोश्रो चरण अन्तर्गत उपचारको गम्भिरतालाई हेरी तपशिल अनुसारको सहायोग उपलब्ध गर्नेछ   । १. oxygin सिलिन्डर को खरिद । २. home medical service PCR swab collection Doctor visit @ Home Nursing Care @ home blood Sample Collection @Home Medicine Delivery @होम यसको लागि डाक्टर-१, नर्स-१, oxygin, अति आवश्यक औषधी सहितको एक गाडी ब्यवस्था गर्ने र सदस्य विद्यालयका प्रिन्सिपल,संस्थापक, शिक्षक कर्मचारी आदि लाई घरमै गएर सेवा दिईने कुरा भक्तपुर प्याब्सन कोभिड राहत कोषका संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Advertisement