श्रीकृष्ण बुढाथोकी । भाद्र ३०,दोलखा। कोभिड १९ का कारण लामो सयमदेखी बन्द रहेका दोलखामा विद्यालयहरु आगामी असोज ७ गतेबाट खुल्ने भएका छन् । जिल्ला स्थित जनप्रतिनिधिहरुको बैठकले असोज ७ गते बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवं जिल्ला शिक्षा समिति दोलखाका अध्यक्ष डबल पाण्डेको अध्यक्षतामा बसेको बैठकमा जिल्ला स्थित स्थानीय तहका प्रमुख सहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहित सबै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरु लगायतको उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको हो।
जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा कोरोना भाईरस कोभिड १९ रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्डहरु अपनाउदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजीकरण गर्ने र आधारभूत तथा माध्यमिक तहहरुलाई २०७७ आश्विन ७ गतेदेखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय भएको हो ।