यसवर्ष एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा

अनलाइन दर्पण 2020-06-10
img

काठमाडौं । सरकारले कोरोनाभाइरस कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नगर्ने भएको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष  कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको एक मन्त्रीले  जानकारी दिए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्नेसहितको प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थियो । सो प्रस्ताव स्वीकृत भएको ती मन्त्रीको भनाइ छ । ती मन्त्रीका अनुसार विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने र  त्यसकै आधारमा ग्रेड निर्धारण गरी नजिजा सार्वजनिक हुनेछ ।

गत चैत ६ गते नै हुनुपर्ने  कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो । 

सम्बन्धित समाचार

Advertisement