कक्षा १ देखि ३ कक्षासम्मका विद्यार्थीको लागि सरकारले सञ्चालनमा ल्यायो मोबाइल एप

अनलाइन दर्पण 2020-05-14
img

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ३ कक्षासम्मका विद्यार्थीको लागि ‘रमाईलो पढाई’ नामक मोबाइल एप ल्याएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को आर्थिक सहयोगमा अडियो भिडियो सामग्री सहितको मोबाइल एप सञ्चालनमा ल्याएको हो । 

यसमा कथा, कविता, भिडियो, रेडियो कार्यक्रम, रेडियो सन्देश तथा पीडीएफ फाइल लगायतका अध्ययन सामग्रीहरु उपलब्ध रहेका छन् । कथा र कविताहरु अडियो तथा पीडिएफ दुवै माध्यममा उपलब्ध रहेका छन् । 

त्यस्तै रेडियो कार्यक्रम अन्तर्गत शिक्षकलाई सहयोगी उपाय, कथा तथा नाटक जस्ता सामग्री उपलब्ध रहेका छन् । यस एप भित्रका विषयबस्तु र सामग्रीहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा तयार पारिएको हो । 

शिक्षक तथा विद्यार्थि दुवैको लागि उपयोगी रमाईलो एपको एन्ड्रोइड संस्करणमा उपलब्ध छ । 

सम्बन्धित समाचार

Advertisement