मिस्टर एण्ड मिस मोडर्न कन्टेस्ट २०७६ को उपाधि सर्वोच्च र टिसालाई

अनलाइन दर्पण 2019-11-23
img

भक्तपुर। दधिकोट स्थित मोडर्न माध्यमिक विद्यालयका विद्यार्थीहरुमा निहित प्रतिभालाई उजागर गर्न बिगतका बर्षहरुमा झैं यो बर्ष पनि  मिस्टर एण्ड मिस मोडर्न कन्टेस्ट प्रतियोगिताको आयोजना सम्पन्न भएको छ। मिस्टर एण्ड मिस मोडर्न कन्टेस्ट २०७६ को उपाधि सर्वोच्च बस्नेत र टिसा श्रेष्ठले प्राप्त गर्न सफल बनेका छन्। 

थिमी बैंक्वेटमा भएको उक्त कार्यक्रममा मिस्टर मोडर्न ट्यालेन्ट अनिस बुढाथोकी, मिस मोडर्न ट्यालेन्ट सफलता कार्की, मिस्टर मोडर्न पर्सनालीटी जय कोइराला र मिस मोडर्न पर्सनालीटी यूनिसा राउत घोषित भएका थिए । 

यसैगरी अन्य विभिन्न विधा अन्तर्गत सर्वोत्कृत गायनमा उपासना कटेल, कवितामा नोजोमी लुइँटेल, नृत्य र पब्लिक च्वाइस फिमेलमा लसता मानन्धर र मेलमा सर्वोच्चले टाइटल हात पारेका थिए । करिव २०० बिद्यार्थीहरूबाट अडिसन लिइ विभिन्न राउन्डहरू पार गरि अन्तिम बीस प्रतिस्पर्धामा सुगम दाहाल, समीर कार्की, सुशान्त कार्की, एच एच बराइली, सुमन घतानी, साहिल गिरी, दिवस बस्नेत, सलोनी गुमाञ्जू, नम्रता कार्की, कृषा भट्टराई र सुप्रिया श्रेष्ठ पर्न सफल भएका थिए । 

कार्यक्रमको कोरियोग्राफी किरण श्रेष्ठल गरेका थिए भने निर्णायक मण्डलमा नृत्य निर्देशक समीर शंखदेव, गायक तथा संगीतकार क्षितिज कुलुङ, रेडियो प्रस्तोता र प्रशिक्षक किरण सुवाल र रेडियो प्रस्तोता तथा कमेडियन निशान्त कटवाल रहेका थिए ।

कार्यक्रमका विजयी विद्यार्थीहरुलाई कार्यक्रममा प्रमुख अतिथी एवं बेस्ट नेपालभाषा फिमेल मोडल २०१८ शोभा महर्जनले सम्मान गरेका थिए । 

कार्यक्रममा लुम्बिनी कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ, मर्निङ ग्लोरी इन्टरनेटमन्टका अध्यक्ष मोहना क्षेत्री खनालको बिशेष आतिथ्यता, “बुद्ध नेपालमा जन्मेको हो“ लेखिएको व्यानर लिई सफल सगरमाथा आरोहन गरेका छोकी शेर्पा, मोडर्न स्कुल कलेजका सल्लाहकार तथा मोटिभेस्नल स्पिकर रविन कटवाल, मिस टिन नेपाल २०१५ रोजी गिरी, नेपाल आइडल टप सिक्स पवन गिरी, टप सेभेन प्रमिला राई, भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष कपिल कस्पाल, सचिव अल्बट बज्राचार्य, कोषाध्यक्ष रोसन धौबडेल, सदस्य मानसराजको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सभापतित्व मोडर्न स्कुल र कलेजका संस्थापक अध्यक्ष बाबुकाजि कसपालको गरेका थिए ।

सम्बन्धित समाचार

Advertisement