प्राविधिक शिक्षा तथा व्यवसायिक तालिममा गुणस्तर अभिवृद्धिका लागि साक्षमता परियोजना

अनलाइन दर्पण 2019-07-11
img

साक्षमता परियोजना नेपालका लागि युरोपियन युनियनको समग्र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिममा व्यवहारिक साझेदारी (TVET-PP) कार्यक्रमको एक भाग हो । नेपाल सरकार र युरोपियन युनियनबीच डिसेम्बर २०१६ मा भएको सम्झौता बमोजिम (TVET-PP) कार्यक्रमका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) अन्तर्गत सक्षमता परियोजना कार्यान्वयनमा रहेको छ ।

परियोजनाको खास उद्देश्य प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम (TVET) क्षेत्रको प्रबन्ध र कार्यान्वयनको गुणस्तर अभिवृद्धि गरि समाजका विपन्न र सिमान्तकृत वर्गसम्म यसको पहुँच बढाइ श्रम बजारका आवश्यकतालाई सम्बोधन गर्ने खालको अझ प्रभावकारी नीतिको कार्यान्वयनलाई सुदृढ पार्नु र तीन मुख्य आर्थिक क्षेत्रहरु – कृषि (व्यवसायिक कृषि र खाधान्न उत्पादन), निर्माण आतिथ्य तथा पर्यटनमा TVET विकासको लागि एकीकृत सार्वजनिक-निजी साझेदारी पद्दतिको नमुना सुरुवात गर्नु हो ।

सीप सम्बन्धी सुशासन र सम्बोधनका बीचमा सहि सन्तुलन सुनिश्चित गर्ने दृष्टिकोणहरुको सुरुवात गर्न सहयोग पुर्याउने खालका सार्वजनिक-निजी साझेदारी (PPP) मा आधारित अनुदान परियोजनाहरु मार्फत कृषि, पर्यटन र निर्माण क्षेत्रमा रहेका माग र आपूर्तिलाई एकै ठाउँमा ल्याऊने उद्देश्यका साथ परियोजनाका गतिविधिहरु तयार पारिएका हुन् । साथै परियोजनाले उपयुक्त नीतिहरुको विकास र कार्यान्वयन, अनुगमन र गुणस्तर सुनिश्चितिता गर्ने संयन्त्रहरुको अभिवृद्दीमा प्राविधिक सहयोग मार्फत TVET प्रणालीमा सरकारले खेल्ने भूमिकामा सहयोग गर्दछ ।

सम्बन्धित समाचार

Advertisement