मोर्डनका आयूष बने सुरशाला आइडल

अनलाइन दर्पण 2017-03-17
img

भक्तपुर, ४ चैत्र । दधिकोटस्थित मोडर्न बोर्डिङ्गका कक्षा ५ का आयूष केसी नेपालमै प्रथम पटक बालबालिकाहरूका लागि संचालन गरिएको राष्ट्रव्यापी टिभी रियालिटी शो ’पतन्जली सुरशाला आइडल प्रतियोगिता’ मा बिजयी भएका छन् ।

विगत केही महिनादेखि कान्तिपुर टेलिभिजनमा प्रसारण भइरहेको उक्त प्रतियोगिताको हिजो भएको अन्तिम चरणको प्रतियोगितामा आयूष केसी विजयी घोषणा भएका थिए ।

आफ्नो विद्यार्थीको सफलतामा विद्यालयका प्रिन्सिपल अनिल कस्पालले सबै कुराको सिमाना हुन्छ भनेर सुनेको तर यो खुसीमा सिमाना नै नरहेको प्रतिक्रिया दिए ।

सिन्धुपाल्चोक ठोकर्पा घर भएका केसी कक्षा ५ मा अध्ययनरत छन् ।

सम्बन्धित समाचार

Advertisement