सामुदायिकमा गाभिए निजी स्कुल

अनलाइन दर्पण 2019-04-19
img

बैशाख ६, २०७६

पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरू सरकारीमा गाभिएका छन्।

गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा 'मर्ज' गरिएको हो। नागरिक दैनिकमा छापिएको समाचारअनुसार निजी स्कुलले चर्को शुल्क असुलिरहेका वेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको हो।

गाउँपालिकाले शिक्षामा रहेको विभेद हटाउन निजीलाई सरकारीमा गाभेको जनाएको छ। गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालका अनुसार रिङ्नेरहस्थित पूर्वखोला बोर्डिङ स्कुल सामुदायिक विद्यालय उद्धबुद्ध  माध्यमिक विद्यालयमा, वीरकोटस्थित जोनन बोर्डिङ स्कुल गणपति माविमा, जल्पामा रहेको सरस्वती बोर्डिङ स्कुल सरस्वती माविमा, जल्पामै रहेको माउण्ट भ्यु बोर्डिङ स्कुल शम्भु माविमा र देवीनगरमा रहेको चिराग बोर्डिङ स्कुल मातृभूमि माविमा गाभिएका हुन्।

‘स्थानीय तहमा नयाँ अभ्यास– सामुदायिकमा गाभिए निजी स्कुल’ शीर्षकमा कान्तिपुरमा पनि यो समाचार छापिएको छ। ‘अब निजी बोर्डिङका कर्मचारी र शिक्षकले लिइरहेको तलब–सुविधा सम्बन्धित सरकारी विद्यालयबाटै दिने निर्णय भएको छ’, सूचना अकिारी ढकालले भने।

‘सामुदायिकमा गाभिए निजी विद्यालय’ शीर्षकमा गोरखापत्र दैनिकले पनि गुल्मीका दुई निजी विद्यालय सामुदायिकमा गाभिएको समाचार छापेको छ।
 

सम्बन्धित समाचार

Advertisement