अंगद यादव २५ भदौं ।
नवलपरासी पश्चिम प्रतापपुर गाउपालिका माध्यमिक बिद्यालय स्तरीय वक्ततृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सुखि नेपाली सम्बृद्ध नेपाल निर्माणमा कृषि क्षेत्रको भूमिका शिर्षकमा कार्यक्रम गरिएको थियो ।
प्रतापपुर गाउपालिकाको बेलाटारीमा वक्ततृत्वकला प्रतियोगिताको आयोजना गरिइएको थियो । गाउपालिकामा भित्र रहेको ६ वटा समुदायीक र ५ वटा संस्थागत गरि ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।
प्रतापपुर गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगितामा आर्दश ईगंलिस बोर्डिङ सेमरीका सृजना तिवारी प्रथम भएकी हुन। प्रतियोगितामा लिटिल इंग्लिस बोर्डिङ गोपिगंजका सौरव भूसाल द्वितीय भएको थिए ।
प्रतियोगितामा बेलाटारी चिल्ड्रेन ऐकाडमी बेलाटारीका सृष्टि सिंह तृतीय भएकी हुन ।
गाउँपालिका स्तरीय भएको उक्त प्रतियोगिताको अध्यक्षता गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा रहेको थियो। कार्यक्रमको संचालन चक्रबहादुर कुशवाहाले गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख दधिराम शर्मा,सहयोगी अभिन्नदन सिंह, वडाध्यक्ष हेवेन्द्र पंजियार ,इश्वरी चौधरी , नि.प्रधान अध्यापक राम बराल लगायत तीन सय जनाको सहभागिता थियो।