मिस्टर एण्ड मिस मोडर्न कन्टेस्ट सम्पन्न

अनलाइन दर्पण 2017-02-20
img

 भक्तपुर ।  दधिकोट स्थित मोडर्न बोर्डिङ  हायर सेकेण्डरी स्कुलमा विद्यार्थीहरुमा निहित प्रतिभालाई उजागर गर्न बिगतका बर्षहरुमा झैं यो बर्ष पनि  मिस्टर एण्ड मिस मोडर्न कन्टेस्ट प्रतियोगिताको आयोजना सम्पन्न भएको छ।

५६ जना विद्यार्थीहरुले भाग लिएको कन्टेस्टमा टप सेभेनमा परेका सात जना छात्र तथा सात जना छात्रा वीच भएको फाइनल कम्पिटिसनबाट  विशाल बस्नेतले मिस्टर मोडर्न  र पल्लवी थापाले  मिस मोडर्नको उपाधी प्राप्त गर्न सफल बनेका छन्।

जसमा मोडर्न ट्यालेन्ट गर्ल समी बज्राचार्य र मोडर्न ट्यालेन्ट ब्वाई रोविन खत्री बन्न सफल भए ।

 स्कुलका संस्थापक अध्यक्ष बाबुकाजी कसपाल तथा प्रिन्सिपल अनिल कसपालले यो कार्यक्रम स्कुलको गौरबमय कार्यक्रम भएको र यसले विद्यार्थीहरुलाई ऊर्जाशील बनाउन उत्प्रेरणा दिएको प्रतिक्रिया व्यक्त गरेका छन्।

साथमा  स्कुलका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

सम्बन्धित समाचार

Advertisement