सानोठिमी क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई

अनलाइन दर्पण 2017-02-20
img

भक्तपुर ,९ फागुन । अनेरास्ववियुले आज बिहान भक्तपुरको सानोठिमी क्याम्पसमा सरसफाइ गरेको छ ।

यहि १८ गते हुन गईरहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको प्रचार प्रसारको क्रममा रचनात्मक क्रियाकलाप अन्तर्गत आज बिहान क्याम्पसको कक्षाकोठा , खेल मैदान र सरस्वती मन्दिर आसपास अखिलले  सरसफाइ गरेको हो।

 

सरसफाइ कार्यक्रममा क्याम्पसमा आध्यनरत ३०० भन्दा बढी विद्यार्थी सहभागी भएको अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटीका सचिव तर्क शाहीले बताउनु भयो ।


 

सम्बन्धित समाचार

Advertisement