ग्ल्याडस्टोनमा चुनावी रौनक 

अनलाइन दर्पण 2018-05-11
img

भक्तपुर । मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीले उत्साहजनक वातावरणमा विद्यालयको विद्यार्थी प्रतिनिधि छनौटका लागि बिहीबार मतदान कार्यक्रम सम्पन्न गर्‍यो ।

स्कुल हेड बोय र स्कुल हेड गर्ल छनौटका लागि गरिएको मतदान कार्यक्रममा विद्यालयका चारवटा सदनका चार जना छात्रछात्राले हेड बोय र हेड गर्लका लागि आफ्नो उम्मेद्बारी दिएका थिए ।  

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सञ्चालित प्रजातान्त्रिक अभ्यासको विशिस्ट नमूनाको रूपमा रहेको निर्वाचनमा पहिलो मत कक्षा ६ मनास्लुकि छात्रा दिया खड्काले प्रदान गरेकी थिइन् ।

कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थी र सोही कक्षाहरुमा अध्यापन गर्ने शिक्षक शिक्षाका सहित ४५१ जनाले मतदान कार्यक्रममा सहभागिता जनाएका थिए ।

विद्यार्थी माझ चुनावी प्रक्रिया र प्रजातान्त्रिक व्यवस्थाको जानकारी सहित राष्ट्रप्रति विद्यार्थी वर्गले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सचेतना जगाउने उद्देश्यले हरेक शैक्षिकसत्रको सुरुमा सञ्चालन गरिने यो मतदान कार्यक्रमले विद्यार्थीहरुमा नेतृत्व तथा आपसी भाइचाराको विकास गर्ने विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले बताउनु भयो।

वक्तव्य,अन्तर्वार्ता र चुनाव गरि तीन चरणको प्रतिस्पर्धामा आफूलाई उत्कृष्ट रूपमा  प्रस्तुत गर्दै कक्षा १०मा अध्ययनरत छात्र कवि थापा श्रेष्ठ स्कुल हेड बोय बन्न सफल भए भने कक्षा दशकी छात्रा निखिला बस्नेत स्कुल हेड गर्ल बन्न सफल भइन 

प्रतिस्पर्धाबाट   विजयी बनेपछि हेड बोयका उमेद्वार बोसन  सदनका कवि थापा श्रेष्ठ  र हेड गर्लकी उमेद्वार हार्डन  सदनकी निखिला बस्नेतले  आफूहरु अन्य चरण पार गरि हेड बोय र हेड गर्ल बन्न सफल भएकाले विद्यालयको नियम र अनुशासनमा रहि दिद्यालयको पठनपाठन लगायत अतिरिक्त क्रियाकलापमा सम्पूर्ण सहकर्मी साथीहरूलाई हौसला प्रदान गरि अझ उत्कृष्ट र अब्बल बनाउने प्रतिबद्धता प्रकट गरे।

जीवनको पहिलो पटक चुनावी मैदानमा उत्रँदा अनौठो लागे पनि देशको चुनावी प्रक्रियाका बारेमा विद्यालयमा सञ्चालन गरिएको मतदान कार्यक्रमबाट आफूहरूले धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको हेड बोय र हेड गर्लका छ  जना उमेद्वारले साझा धारणा प्रस्तुत गरे।

आजको समयमा राष्ट्र र राष्ट्रियताप्रति विद्यार्थी वर्ग उदासिन बन्दा अनेकौं राष्ट्रिय समस्या सिर्जना भएकोले राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार र उत्तरदायी बन्न समेत यस्तो प्रकारको निर्वाचनले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले विजयी छात्रछात्रालाई बधाई तथा शुभकामना दिनुभयो ।

सो अवसरमा शैक्षिकसत्र २०७४ मा उत्कृष्ट अंकका साथ विशिष्टता हासिल गर्ने कक्षा नर्सरीदेखि कक्षा १० सम्मका छात्रछात्रालाई छात्रवृत्ति,प्रमाणपत्र र ट्रफी प्रदान गरिनुका साथै क्लास मनिटर,हाउस एडभाइजर,हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन छनौट गरि ब्याज प्रदान गरियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यार्थी तथा शिक्षक वर्गको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Advertisement