विद्यालयलाई जग्गा दान

अनलाइन दर्पण 2018-04-02
img

पोखराको माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुर्जुङखोलाका आचार्य दाजुभाईले विद्यालयलाई जग्गा दान  गरेका छन् ।

बुबा ढुण्डीराज आचार्य र आमा इन्द्रकुमारी आचार्यको चौरासी पूजाको अवसरमा छोराहरु रामप्रसाद आचार्य र नारायणप्रसाद आचार्यले एक रोपनी जग्गा दान गरेका हुन् ।

समाजसेवी आचार्य दाजुभाईले माछापुच्छ्रे गाउँपालिका वडा नं २ मा रहेको माछापुच्छ्रे माविलाई साविक सार्दीखोला गाविस वडा नं १ को कित्ता नम्बर १४४८ को जग्गा दान गरेका हुन्। 

कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले भूमिदाताले सर्‍हानीय काम गरेको भन्दै प्रशंसा गरे।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका शिक्षा प्रमुख लोकनाथ आचार्य र माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्यले बोलेका थिए।

सम्बन्धित समाचार

Advertisement