छोराछोरीलाई स्कूलको भरमा मात्रै होइन, आफूसँगै राखेरसमेत पढाउनुस्

अनलाइन दर्पण 2018-01-15
img

आजकालका अधिकांश आमाबाबुहरु काममा व्यस्त हुन्छन् । व्यस्तताकै कारण आफ्ना छोराछोरीलाई पर्याप्त समय दिएको पाइँदैन । तर, एक अध्ययनले प्रत्येक आमाबाबुले व्यस्तताबीच पनि केही समय निकाले आफ्ना बच्चाको पढाईमा दिन सुझाव दिएको छ । आफूसँगै उनीहरुलाई राखेर पुस्तक बढ्ने बानी गर्नु राम्रो हुने अध्ययनको निष्कर्ष छ ।

किनभने, यसरी पढाउँदा केटाकेटीको मस्तिष्कमा संज्ञानात्मक (सम्झने र प्रस्तुत गर्न सक्ने ज्ञान) बृद्धि हुने तथ्य फेला परेको छ । प्रिस्कूलका चर्को स्वरमा पढेर मात्रै बच्चाहरुमा सम्झने ज्ञान बृद्धि नहुने भन्दै अभिभावकको आवश्यकता पर्ने अध्ययनमा संलग्नहरुले बताएका छन् ।

अभिभावकसँग वार्तालाप गर्दै पढ्ने प्रक्रियाले केटाकेटीको सिकाइलाई प्रभावकारी बनाउँछ । उनीहरुलाई प्रश्न सोध्ने, कितबका पाना पल्टाउन लगाउने, एक आपसमा कुराकानी गर्ने गर्नुपर्छ । फङ्सनल म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एफएमआरआई)ले ४ बर्षका बच्चाको मस्तिष्क निकै धेरैसक्रय हुने बताएको छ । उनीहरु कथा सुन्ने समयमा धेरै व्यस्त हुने भएकाले रमाइला कथामार्फत् पढाउन सुझाव दिएको छ ।

अध्ययनका क्रममा अनुसन्धानकर्ताहरुले अर्को कुरा पनि अगाडि सारेको छ कि आमाबाबुहरुले सिकाउने क्रममा बाधकतत्व बन्ने गरेको सेलफोनलाई पनि सिकाइको साधनको रुपमा उपयोग गर्न सकिने बताएका छन् । आमाबाबु र बच्चाको पढाइलाई यसले नयाँ मोड दिन सक्ने बताएका छन् ।

सम्बन्धित समाचार

Advertisement