काठमाडौं। नेपालमा अहिले कोरोनोको दोस्रो लहरको महामारीले समस्या पारेको छ। दिनहुँ संक्रमितको संख्या बढेको छ। पहिलो लहरको महामारीमा भन्दा यो पटकको कोरोना ७० प्रतिशत बढी संक्रामक भएको चिकित्सकहरुले बताएका छन्।
छिटो छिटो सास फेर्नु वा सास फेर्न गाह्रो हुनु जस्ता श्वासप्रश्वास मा हुने असामान्य अनुभव लाई डिस्पनिया भनिन्छ । एसलाई विभिन्न मानिस ले विभिन्न किसिम बाट बुझ्ने गरेका छन् । कसैले एसलाई पर्याप्त वायु ग्रहण गर्न नसकेको वा उकुसमुकुस हुनु भनेका छन् भने कसैले छाती कस्सिएको वोध हुनु वा खुलेर सास फेर्न नसक्नु भनेका छन् । सास लिने सामान्य शरीर को क्रिया द्वारा शरीर लाई चाहिने अक्सिजन प्राप्त नभएमा डिस्पनिया हुन्छ । कठीन व्यायाम, धेरै उँचाई र मोटोपना को दौरान हुने डिस्पनिया चिकित्सकीय समस्या को संकेत हो । डिस्पनिया को धेरै जसो कारण मुटु र फोक्सो को असामान्य अवस्था हो ।
कोरोना संक्रमितलाई अक्सिजन कमि हुनु निकै ठूलो समस्या हो। कोरोना भाइरसको नयाँ भेरियन्टले श्वासप्रश्वास निकै समस्या आइरहेको बताइएको छ। कोरोना संक्रमित हुनेहरुको अक्सिजन लेभल घटेर ज्यानसमेत भइरहेका छन्। श्वासप्रश्वासमा समस्या आइहाले तत्काल के गर्न सकिन्छ ? आउनुस् विज्ञहरुले सुझाएका उपायबारे चर्चा गरौं।
१. विज्ञका अनुसार श्वासप्रश्वासमा समस्या आए ग्याँस सिलिन्डर, ग्यास स्टोभ, मैनबत्ती, ग्यास हिटरभन्दा कम्तिमा ६ फिट टाढै बसौं। यस्ता वस्तुहरुले तपाईको शरीरमा अक्सिजनको मात्रा कम गराउन सक्छन्।
२. पेन्ट थिनर, एरयोसोल, क्लिनिङ फ्लुजस्ता फ्लेमेबल प्रोडक्टहरु प्रयोग नगरौं। त्यस्तै पेट्रोलियम, आयल, ग्रीस बेस्ड क्रिम वा भ्यासलिनजस्ता क्रिमहरुको पनि प्रयोग नगरौं। यी वस्तुहरु पनि अक्सिजनको आपूर्तिमा बाधक बन्न सक्छन्।
३. श्वासप्रश्वासमा समस्या आएका बेला भुलेर पनि धुम्रपान नगरौं। धुम्रपान गर्नेहरुबाट पनि टाढौं बसौं। त्यस्तै घरमा प्रयोग हुने विभिन्न केमिकल वा अगरबत्तीको धुँवाबाट पनि टाढै बसौं। धुँवाजन्य वस्तु श्वासप्रश्वासका लागि घातक हुन सक्छ।
४. यदि तपाईले अक्सिजन कन्सनटेटर्सको प्रयोग गर्नुहुन्छ भने घरका झ्याल ढोका खुलौं राखौं। यसले आसपासका हावाबाट अक्सिजन बनाउने हुँदा बसेको ठाउँमा ताजा हावा आउन जरुरी हुन्छ।
५. रुख विरुवाहरु मानिसभन्दा ठीक विपरीत हुन्छ। तिनीहरुले कार्बल अक्साइड लिएर अक्सिजन फाल्ने गर्छ। त्यही भएर तपाई होम क्वारेन्टीनमा हुनुहुन्छ भने कोठामा ग्रिन प्लान्टहरु राख्नुहोस्। अथवा कोठाको झ्याल ढोकाबाट रुख देखिने गरी बस्ने मिल्ने भए त्यस्तो ठाउँको सदुपयोग गर्नुहोस्।
६. शरीरलाई डहाइड्रेड हुन नदिनुस्। पर्याप्त पानी खानुहोस्। तर्पाइले दैनिक जीवनमा जति धेरै पानीको मात्रा प्रयोग गर्न सक्नुहुन्छ, त्यति नै मात्रामा अक्सिजनको मात्रा बढाउन सकिन्छ। अक्सिजनको मात्रा जति बढ्दै जान्छ, श्वासप्रश्वासमा पनि त्यति नै सहज हुँदै जान्छ।
७. दैनिक रुपमा मेडिटेशन गर्नुहोस्। केही समयसम्म लामो श्वास लिने र फाल्ने गर्नुहोस्। यस्तो अभ्यासले शरीरलाई राम्रो गर्छ।
८. अक्सिजनयुक्त खाद्य पदार्थहरु खानुहोस्। हरियो सागपात, फलफूल, ब्रोकाउली, अजवाइनजस्ता चिजहरु खानुस्। खानामा सोडियम डाइटको सेवन गर्नुस्। यसले किड्नी र रगतमा जाने अक्सिजनको मात्रा बढाउने काम गर्छ।
९. अत्यावश्यक प्रयोजनका लागि घरमा अक्सिजन सिलिण्डर राख्न पनि सकिन्छ। धेरै नै समस्या भएको खण्डमा डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ।