कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रयोग भएका विभिन्न उपायमध्ये स्यानिटाइजरको प्रयोग पनि एक मानिएको छ । विभिन्न स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरुले पनि स्यानिटाइजरको प्रयोगलाई प्रोत्साहन गरेका छन् ।
तर, विश्वभर कोरोना माहामारीसँगै बढि प्रयोगमा आएको स्यानिटाइजरबारे भने केहि गम्भीर विषय बाहिर आएका छन् । केहि अध्ययनले स्यानिटाइजरको अधिकतम प्रयोग खतरा साबित हुने बताएका छन् ।
अध्ययनअनुसार स्यानिटाइजरको अधिक प्रयोगले छालासम्बन्धी गम्भीर समस्या तत्कालै देखिने गरेको छ । साथै नजानेर शरिर भरि छर्दा अनेकन समस्याहरु देखिएका छन् ।
१. स्यानिटाइजरमा ट्राइक्लोसान नामको एक केमिकल हुन्छ। जसले हातको स्कीन सुकाउने गर्दछ। यसको धेरै प्रयोगले आफ्नो हात हुँदै रगतमा मिल्दछ जसले मांसपेसीको अडिनेशनमा हानि पुर्याउनेछ।
२. स्यानिटाइजरमा बिष समान तत्व तथा बेंजाल्कोनियम क्लोराइड हुन्छ। जसले किटाणु र ब्याक्टेरिया मरेपनि यसले हाम्रो छाला जल्नुको साथै चिलाउने समस्या हुनसक्छ।
३. स्यानिटाइजरमा बास्नाको लागि फैथलेट्स नामक रसायनको प्रयोग गरिएको हुन्छ। यसको प्रयोग जुन मात्रामा सेनिटाइजरमा धेरै हुन्छ त्यो मानिसको लागि हानीकारक हुन्छ भने यसले लीवर, किडनी, फेफड़े तथा प्रजननतंत्रमा क्षति पुर्याउछ।
४. स्यानिटाइजरमा अल्कोहलको मात्रा हुनाले बच्चाको स्वास्थ्यमा असर गर्नुको साथै बच्चाहरूले यसलाई अन्जानमा निल्छन्। एक अध्ययनले स्यानिटाइजरको अधिकतम प्रयोगले बच्चाको इम्युनिटी पावर घटाउने बताएको छ । बच्चामा प्रयोग गर्नु हुन्न।
५.स्यानिटाइजरले फोहोर हातलाई सफा गर्न सक्दैन । अर्थात हातमा भएको फोहोर हटाउन स्यानिटाइजर विकल्प होइन । तसर्थ फोहोर हात सफा गर्न साबुनपानीले हात धुनु नै सबैभन्दा राम्रो विकल्प हो ।
६. यदि तपाई आसपासको कुनै ब्यक्तिले बारम्बार हाच्छुयु गर्दछ वा तपाईं आफैलाई हाच्छ्यु आइरहेको छ भने हरेक पटक स्यानिटाइजरको प्रयोग गर्नु हानिकारक हुन्छ । यस्ता परिस्थितिमा इन्फेक्सन हुने खतरा हुन्छ ।
७. एक रिपोर्टको दाबी अनुसार साबुनपानीले हात धुनु सबैभन्दा प्रभावकारी मानिन्छ । कोरोना भाइरसको संक्रमण हुनबाट बच्ने यो नै सबैभन्दा राम्रो विकल्प हो । तसर्थ साबुन नहुँदाको विकल्पका रुपमा मात्र स्यानिटाइजरको प्रयोग गर्नुपर्दछ ।
८. शरीरमा फाइदाजनक र हानिकारक दुबै प्रकारका ब्याक्टेरिया हुने गर्दछ । तर स्यानिटाइजरको अधिकतम प्रयोगले हानिकारक ब्याक्टेरियाका साथसाथै शरीरलाई फाइदा पुर्याउने राम्रो ब्याक्टेरियालाई पनि मार्छ । तर शरीरमा राम्रो ब्याक्टेरीया हुनु अति आवश्यक हुन्छ ।
९. कतिपयले स्यानिटाइजरमा अल्काेहल हुने हुँदा पिउन हुने बताउँछन् । तर, यो पिउनु हुँदैन, यदि पिएको खण्डमा मृत्युसमेत हुन् सक्छ ।
१०.स्यानिटाइजरको अधिकतम प्रयोगले हातको छालमा नकारात्मक असर पार्न सक्छ । छाला सुख्खा हुने, चिलाउने लगायतका समस्या आइलाग्न सक्छ ।
(याे सामाग्री sansarnews.com बाट साभार गिरएकाे हाे)