औषधी खाइरहनु भएको छ भने यी फलफुलहरुको जुस नपिउनुहोस्

अनलाइन दर्पण 2017-07-24
img

बिरामी अवस्थामा  चिकित्सकहरु औषधीको साथसाथै फलफुलको जुस पिउन समेत सल्लाह दिने गर्छन् । तर, बिरामीले  औषधी खाइरहेको अवस्थामा कस्तो फलफुलको जुस खानुपर्छ त्यसबारे ख्याल दिने काम गर्दैनन् ।केही फलफुलहरु यस्ता हुन्छन्  जस्को  जूसले औषधीसँग रियाक्शन गर्ने हुदाँ यसको नराम्रो असर शरिरमा पर्छ ।

औषधीको प्रयोग गरीरहेका बेला   यी फलफुलको जूस प्रयोग गर्न हुँदैन ।

१. पाइनएप्पल जूस

 यदी तपाई रगतलाई पातलो बनाउने औषधी खाइरहनुभएको छ भने पाइनएप्पलको जुस पिउनु हुँदैन । पाइनएप्पलमा ब्रोमेलिन नामक यौगिक पाइन्छ जसमा ब्लड क्लटिङ औषधीको असरलाई कम गराउने गर्छ ।

२. ग्रेप (अंगुर) जूस

 यदी तपाई हाइ कोलस्ट्रोल, हाइ ब्लड प्रेशर जस्ता रोगबाट पिडित हुनुहुन्छ र औषधी लिइरहनु भएको छ भने विहान नास्तामा औषधी खाने बित्तिकै ग्रेप जूस पिउनु हुदैन ।

३. एप्पल (स्याउ) जूस

 स्याउको जूसले वार्फरिनजस्तो औषधीको असर कम गर्छ । यस्ता विमारी जसलाई कीमोथेरापी गरिरहेको छ वा जो विरामी एटेनोलाल जस्तो औषधीको प्रयोग गरेका छन् उनीहरुले विहान स्याउको जूस पिउन हुँदैन ।

४. क्रेनवरी जूस

 यदी तपाई हार्ट अट्याक, स्ट्रोक तथा ब्लड क्लटबाट बच्नका लागि औषधी लिइरहनु भएको छ भने क्रेनवरी जुस कहिल्यै नपिउनुहोस् । क्रेनवरी जुसमा फ्लेवोनाइड पाइन्छ जसले मेटाबोलिजमलाई प्रभावित गर्ने काम गर्छ ।

५. ओरेन्ज (सून्तता) जूस

 यदी तपाईलाई बिहानै सुन्तलाको जूससँग औषधी खाएमा फाइदा हुन्छ भन्ने सोच्नुहुन्छ भने तपाई गलत सोच्दैहुनुहुन्छ । साइट्र फलको जूसले औषधीको असरलाई कम गर्ने गर्छ ।

सम्बन्धित समाचार