जब रोगले च्याप्छ, हाम्रो धेरै कुरा अस्तव्यस्त हुन्छ । हामी दिनदिनै अस्पताल धाउनुपर्ने हुन्छ । औषधि खानुपर्ने हुन्छ । आफ्नो कामधन्दा बिग्रिन्छ । आफ्नो मात्र हो र ? परिवारको दैनिकी अस्तव्यस्त हुनपुग्छ । सबैमा चिन्ता थपिन्छ । त्यसैले त भनिएको हो, रोग भन्दा ठूलो सत्रु केही छैन ।
हामीले आफ्नो दैनिकीलाई व्यवस्थित गर्नुपर्छ । सरसफाईदेखि खानपानसम्ममा ध्यान दिनुपर्छ । हुन यी सामान्य कुरा लाग्छन्, तर हामीलाई निरोगी जीवन बाँच्नका लागि सामान्य कुराहरुमा नै बढी ध्यान दिनुपर्छ ।
व्यक्तिगत सरसफाई
बाहिरबाट घर आएपछि कुनै पनि वस्तुलाई छुनुअघि, तथा खाना बनाउनु र खाना खानुअघि हातलाई सावुन पानीले मज्जाले धुनुपर्छ । घरमा साना बच्चाहरु छन् भने यो झन् जरुरी हुन्छ । बच्चालाई समात्नुअघि राम्रोसँग हात धुनुपर्छ वा सेनेटाइजर प्रयोग गरौं ।
घरको सरसफाई
घरको सफाईमा विशेष ध्यान दिनुपर्छ । खासगरी भान्सा तथा शौचालय सफा हुनुपर्छ । पानी जम्न दिनु हुँदैन । सिंक, वास बेसिन आदि ठाउँहरु नियमितरुपमा सफा गरौं । फिनेल, फ्लोर क्लिनर आदिको उपयोग गरौं ।
तजा खानपान
ताजा तरकारी तथा फलफुलहरु सेवन गरौं । उपयोगमा आउने मसला, अन्न तथा अन्य सामग्रीको भण्डार पनि सही तरिकाबाट गर्नुपर्छ ।
काँचो तथा पाकेको खानालाई अलग अलग राखौं । खाना पकाउन तथा खानका लागि उपयोगमा आउने भाँडाकुडा, फ्रिज, ओभन आदिलाई राम्ररी सफा गरौं । चिसो भाँडालाई कहिले पनि ¥याकमा नराखौं । साथै राम्ररी नसुकेका डिब्बाहरुलाई बिर्को लगाएर नराखौं ।
खानेकुरा पकाउने सही विधी
अत्याधिक तेल, मसलाबाट बनेको खानेकुरा नखाने । खानालाई सही तापक्रममा पकाउनुपर्छ । बढि पकाएर तरकारीको पौष्टिक तत्व नष्ट नगरौं । साथै ओभनको प्रयोग गर्दा तापमानको विशेष ध्यान राख्नुपर्छ । सँधै ताजा भोजन खानुपर्छ । खाना पकाउनका लागि सोयाबिन, सनफ्लावर र जैतुनको तेललाई प्राथमिकता दिनुपर्छ ।
सन्तुलित खानपान
खानामा सलाद, दही, दूध, हरियो तरकारी, दाल, गेडागुडी आदिका प्रयोग गरौं । खानामा जति धेरै विविधता भयो त्यति नै राम्रो । खाना पकाउन तथा पिउनका लागि सफा पानीको उपयोग गरौं । तरकारी तथा फलफुललाई राम्ररी धोएर मात्रै प्रयोगमा ल्याउनुपर्छ ।
नुन र चिनीको प्रयोग
खानामा चिनी तथा नुन दुवैको कमभन्दा कम प्रयोग गरौं । जंगफुड, सफ्ट ड्रिंक तथा तयारी जूस आदिको उपयोग नगरौं ।
सुत्ने कोठा सफा र खुला
आफ्नो विश्राम गर्ने तथा सुत्ने कोठालाई सफा सुग्घर, हावादार तथा खुल्ला राखौं । तन्ना, तकियाको खोल र पर्दालाई नियमितरुपमा फेर्ने गरौं ।
योग र ध्यान नियमित
योगा तथा ध्यानको प्रयोग एकाग्रता बढाउन तथा तनावबाट टाढा रहनका लागि आवश्यक छ । त्यसैले बिहानको समयमा यसका लागि समय निकाल्नुपर्छ । बिहान चाँडै उठ्नुस र खुल्ला हावामा व्यायाम अथवा योगा गरौं ।
दैनिक कुनै एक व्यायाम गरौं । यसका लागि कमसेकम आधा घन्टा समय दिनुपर्छ र व्यायामको तरिका बदल्नुपर्छ ।
स्वास्थ्य परीक्षण
३५ वर्ष उमेर काटेकाहरुले आफ्नो नियमित स्वास्थ्यपरिक्षण गराउनुपर्छ । डाक्टरले दिएको औषधि नियमिरुपमा सेवन गरौं । प्रकृतिसँग नजिक रहने समय निकालौ । बच्चाहरुसँग खेल्नुस र परिवारसँग हल्काफुल्का मनोरञ्जनका लागि पनि समय निकाल्नुपर्छ । आफूर्लाइ धेरै सिरियस नबनाउने र रिसलाई आफुमाथि हावी हुन नदिने । -अनलाइन खबरको सहयोगमा