काठमाडौं । सद्भाव युवा समाज नेपालले रामेछापको लिखु गाउँपालिका १, दुरागाउँमा तिलगंगा आँखा अस्पताल गौशालाको सहयोगमा गत शनिवार निशुल्क आँखा शिविर गरेर सयौं सर्वसाधारणलाई निशुल्क सेवा प्रदान गरेको छ ।
२०७६ असार ७ गते शनिबार आयोजना गरिएको एकदिने निशुल्क आँखा शिविरमा रामेछापको लिखु गाउँपालिका लगायत आसपासका अन्य गाउँका सयौं नागरिकले निशुल्क रुपमा आँखा जचाउँनुको साथै आवश्यक औषधी तथा परामर्श समे लिएको आयोजक सदभाव युवा समाजका अध्यक्ष देब प्रकाश श्रेष्ठले बताएका छन् ।
काठमाण्डौंबाट डाक्टर, नर्श र संस्थाका पदाधिकारी सहतिको टोली लिखु गाउँपालिका बडा नं १ मा गई धेरै नागरिकहरुलाई सेवा प्रदान गरिएको थियो । एक दिने आँखा शिवरमा ९० बर्ष सम्मका नागरिकहरुले आँखा जचाँएर निशुल्क रुपमा औषधी र चस्मा प्राप्त गरेका थिए ।
आफ्नै घर आँगनमा आँखा शिविर ल्याएर निशुल्क औषधी उपचार गराउन अवसर दिएकोले सेवा ग्राहीले आयोजकलाई धेरै धेरै धन्यवाद दिएका थिए । त्यसैगरी शिविरमा औषधी उपचार पाएका सर्वसाधारणको मुहारमा निकै खुसीयाली पनि देखिन्थ्यो ।
शिविरमा करिब २३० भन्दा बढी नागरिकहरुले आँखा जाँच गराएका थिए । जसमा २५ जनालाई मोति विन्दु भएको र ५ जनाको आँखाको अप्रेसन गर्नु पर्ने देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
शिविरमा जचाँएको कार्ड लिएर काठमाण्डौं स्थित तिलगंगा अस्पतालमा आएमा २० हजारको अप्रेसन २ हजारमै गरिदिने आयोजक संस्थाका उपाध्यक्ष प्रदिप रुपाखेतीले बताएका छन् ।
सद्भाव युवा समाज नेपालले स्थापना काल देखि नै स्वाथ्य क्षेत्रमा अलि धेरै काम गर्दै आएको अध्यक्ष श्रेष्ठले बताएका छन् । स्थापनाको केही दिनमा नै रक्तदान कार्यक्रम गरि शुरु गरिएको सामाजिक अभियानलाई निरन्तरता दिदै यो आँखा शिविर गरिएको संस्थाका अधिकारीहरुले बताएका छन् ।
यसै गरी लिखु गाउँपालिका बडा नम्बर १ का अध्यक्ष निङमर तामागंले सदभाव युवा समाज नेपालले आफ्नो वडामा आँखा जस्तो मानव शरिरको अत्यान्तै महत्वपूर्ण अंगको निशुल्क शिविर राखी सयौं नागरिकहरुलाई उपचार तथा निशुल्क औषधी वितरण गरेर ठुलो गुन लगाएको भन्दै उच्च प्रशंसा गर्नु भएको थियो ।
साथै संस्थाले मानविय सेवामा गर्दै आएको कार्यहरु देखेर आफु एक दमै खुसी भएको भन्दै अध्यक्ष तामागंले संस्थाको प्रगतिको कामना गर्नु भएको थियो । कार्यक्रमको समापनमा शिविर संचालन गरिदिएर सर्वसाधारण नागरिकलाई सेवा प्रदान गरेको संस्थालाई वडा अध्यक्ष तामागंले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
शिविर संचालनको लागि आर्थिक सहयोग गर्ने सद्भाव युवा समाज कतार लगायतका सबै सहयोगी मनहरुलाई संस्थाका अध्यक्षले धन्यवाद दिएका छन् ।