काउकुती भन्नासाथ कतिपयलाई हाँसाे उठिहाल्छ । हातकाे हाउभाउ देखाउँदा पनि हाँस्न थाल्छन । लगाउँदा कसैलाई मन पर्छ कसैलाई मन पर्दैन । या दुवै हुन्छ ।
काउकुती एक अनौठो व्यवहार हो । बच्चाहरूलाई हँसाउनका लागि प्रायः काउकुती लगाइने गरिन्छ । अनि उनीहरू खुलेर हाँस्छन् । बच्चालाई मात्र नभई ठूला मान्छेलाई पनि शरीरका निश्चित अंगमा काउकुती लगाउँदा हाँसउठ्छ ।
साइकिआट्रि एण्ड सिस्टम्स न्यूरो साइन्स, किंग्स कलेज लण्डनका प्राध्यापक सुखी शेरगीलका अनुसार काउकुती दुई प्रकारका हुन्छन् क्निस्मिसिस्, हल्का झर्को लाग्दो अनुभव र अर्को गार्गलिसिस्, जुन छालममा केही कडा दबाबका साथ गरिने स्पर्शबाट उत्पन्न हुन्छ । गार्गलिसिस्मा चाहिँ पेट, कोखा र गलामा औंलाले छुँदा काउकुती लागेर हाँसो छुट्छ ।
खासमा हाम्रो शरीरका केही हर्मोन्स र संवेदनशीलताका कारण काउकुती लाग्छ । हाम्रो छालाको सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ र त्यो कैयौं नसाहरूसँग जोडिएको हुन्छ । अनि कसैले हाम्रो छालालाई छुँदा त्यसको सन्देश हाम्रो मस्तिष्कमा पुग्छ र उसले यो स्पर्शको विश्लेषण गर्छ । छाला छोइँदा त्यसमुुनि रहेका स्नायुको टुप्पोहरुले मस्तिष्कमा विद्युतिय संकेत पठाउँछन् ।
किनकी त्यसको तरंग एकैपटक मस्तिष्कको दुई भागमा पुग्छ । स्पर्शको विश्लेषण गर्ने भागमा र आनन्दको संचार गर्ने भागमा । वैज्ञानिकहरूका अनुसार काउकुती लगाउँदा शरीर खुम्चिन्छ । अनि हाड कम भएका अंगमा बढी काउकुती लाग्छ, जस्तो पेट र पाइताला ।
तर निश्चय नै काउकुती लगाउँदा सधैं रमाइलो मात्र हुँदैन । वास्तवमा त्यसले मस्तिष्कको त्यो भागलाई पनि प्रभावित गर्छ जसले मानिसलाई अत्याउने गर्छ । त्यसैले सन्दा अनौठो लागेपनि, काउकुती लाग्दा हाँस्नु भनेको मानिसको आदिम प्रतिरक्षा प्रणाली अनुसारको प्रतिक्रिया पनि हुनसक्छ, जसले आक्रमणकारीका समक्ष हामी झुकेको वा परास्त भएको भन्ने संकेत दिन सक्छ ।
त्यसैले आफूले आफैलाई काउकुती लगाउन किन सकिँदैन त किनभने त्यो मस्तिष्कको सेरेबलम भन्ने भागको कारणले गर्दा हो, जसले गतिविधिमा ध्यान दिन्छ । त्यो भागले शरिरमा हुने अपेक्षित र अनपेक्षित गरंगित अनुभवहरुबीचको फरक थाहा पाउन सक्छ ।अर्को शब्दमा, तपाईँ के गर्दै हुनुहुन्छ भन्ने त्यसले पहिल्यै थाहा पाउँछ र प्रतिक्रिया जनाउँदैन ।
तर स्कित्सोफ्रेनिया जस्ता रोग लागेका केहीले आफैलाई काउकुती लगाउन सक्छन् किनकी तीनको दिमागले आफूले आफैमाथि गरिएको गतिविधिको भेद छुट्याउन र थाहा पाउन सक्दैन । केही जनावरहरुलाई पनि काउकुती लाग्न गर्छ ।
शार्कहरुलाई थुतुनोको ठीक मुनि काउकुती लगाउँदा तिनीहरुले क्निस्मिसिस् अनुभव गर्छन् । तर गार्गलिसिस् चिम्पाञ्जी, गोरिल्ला र ओरांगउटानहरुमा मात्र देखिन्नछ । यो सामाजिक रुपमा एकतावद्ध हुन सिकाउने एउटा तरिका अर्थात बालकहरुलाई तिनका सबैभन्दा संवेदनशील अंग कहाँ छन् भनेर सिकाउने उपाय पनि हुन सक्छ ।
वैज्ञानिकहरूका अनुसार काउकुती लाग्दा मानिसको दिमागको त्यही भाग सक्रिय हुन्छ जसले व्यक्तिलाई पीडाको पनि सूचना दिने गर्छ । त्यसैले काउकुती लगाउँदा मस्तिष्कले शरीरलाई पहिल्यै सतर्क गरिदिन्छ । कुनै व्यक्ति एकदमै रिसाएको बेलामा उसलाई काउकुती कम लाग्छ र लागेपनि हाँसो उठ्दैन ।
यसको उल्टो हामीले अर्को व्यक्तिलाई काउकुती लगाउँदा हामीमा कुनै पनि भय रहँदैन र हाम्रो दिमागको अन्य भागबाट प्राप्त संवेदात्मक संकेत नियन्त्रणमा रहन्छ । यसले गर्दा हामीलाई आफैंलाई काउकुती लगाउँदा हाँसो नउठेको हो । तर काउकुती लगाउँदा हाँसो उठ्ने नउठ्ने कुरा दिमागको स्थितिमा पनि भर पर्छ ।एजेन्सी