रक्तदान गर्दा यस्ता ८ कुरामा ध्यान दिनुहोस

अनलाइन दर्पण 2018-10-02
img

काठमाडौ । भन्छन नि ‘रक्तदान जीवनदान’ रक्तदान गर्नु भनेकाे कसैलाई नयाँ जीवन दिनु हाे।कसैको जीवन बचाईदिनु हाे । कसैलाई याे धर्तिमा फेरि पाईला टेकाउनु हाे।

अाज हामी तपाईलाई रक्तदान गर्दा केके कुरामा ध्यान दिने भन्ने बारेमा जानकारी दिदैछाै।

१-रक्तदान गर्ने उमेर भनेकाे १८ देखि ६० बर्षसम्मकाे उमेर समुहलाई भनिन्छ।

२ रक्तदान गर्ने मानिसकाे ताैल ४५ किलाेग्राम ( केजी ) भन्दा बढि हुनुपर्दछ।

३-रक्तदान गर्ने व्यक्तिलाई एड्स मधुमेह मलेरिया जन्डिस क्षयराेग तथा याैन राेगहरु लागेकाे हुनु हुदैन।

४-यदि तपाईले मदिरा सेवन गर्नु भएकाे छ भने मदिरा र लागुपदार्थ सेवन गरेकाे २४ धण्टा भित्र रक्तदान गर्नु हुदैन।

५-एकपटक रक्तदान गरेकाे ३ महिनापछि मात्र फेरि रक्तदान गर्न सकिन्छ।

६ गर्भवति ६ महिना नपुगेको सुत्केरी महिनावारी भईरहेकाे समयमा पनि रक्तदान गर्नु हुदैन ।

७ रक्तदान गर्ने व्यक्तिकाे शरिरिमा हेमाेग्लाेविन १० भन्दा कम हुनुहुदैन।

८ रक्तदान गर्नुभन्दा ३ घण्टा अगाडि पाषिलाे खाना खानु राम्रो हुन्छ। र रक्तदानकाे समयमा जुसकाे सेवन गर्दा स्वास्थ्य मा फाईदा पुग्छ। यस्ताे खानाले थकाई नलाग्ने पनि हुन्छ।

सम्बन्धित समाचार

Advertisement