प्रायः मानिसहरु पानी पिउन पलाष्टिकको गिलास वा बोतल रोज्ने गर्छन् । अहिले त झनै गर्मी मौसममा हरेक मानिसले आफ्ना झोलामा एउटा आकर्षक प्लास्टिकको बोतल राखेकै हुन्छन् । तर ती पलाष्टिकको स्वास्थ्यका लागि कति घातक छ भन्ने कुरा सबैलाई जानकारी नहुनसक्छ । यदि तपाईले पलाष्टिकको बोतल अथवा गिलास प्रयोग गर्दैहुनुहुन्छ भने सचेत हुनुस् । एक अध्ययनका अनुसार पलाष्टिकको बोतल र गिलासमा राखिएको पानीमा बिसफेनोल ए(द्यएब्) नामक रसायन मिसिएको हुन्छ, जसले गर्दा मनिसको स्वास्थ्यका लागि हानिकारिक मानिएको छ । यसबाट बच्न बिसफेनोल ए मुक्त बोतल वा प्लाष्टिकको गिलास छान्नु पर्ने हुन्छ ।drinking water
यस्तै सिसाको बोतललाई प्राकृतिक वस्तुबाट बनाइएको हुँदा यो स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक हुन्छ । सूर्यको किरणबाट पलाष्टिकको बोतल वा गिलासमा रहेको बिसफेनोल ए रसायन पानीमा मिल्न जान्छ । यसले मानव स्वास्थ्यलाई नोक्सानी पुर्याउने भएकाले तपाईले पलाष्टिकको बोतल वा गिलासलाई सूर्यको किरणबाट बचाउनु पर्ने हुन्छ । यदि तपाई स्वादिस्ट पानी पिउन चाहनुहुन्छ भने सिसाको बोतलको प्रयोग गर्नुस् किनकी यसमा प्लास्टिकको बोतलले निबुवा वा अन्य अमिलो चिजबाट आउने स्वादले परिवर्तन गरिदिने गर्दछ । यति मात्र होइन, यदि ठीकसँग पलाष्टिकको बोतल वा गिलासलाई सफा नगरिए किटाणु समेत फैलिने सम्भावना धेरै हुन्छ ।
यदि तपाईको घरमा बालबालिका छन् भने पलाष्टिकको बोतल वा गिलासको सट्टा सिसाको गिलास वा बोतल प्रयोग गर्नुस् । सिसा बालबालिकाले फुटाउने सम्भावना धेरै भएकाले सिलिकनको एक पत्र बनेको गिलास वा बोतल किन्नुपर्छ जुन हतपत फुट्दैन् । सबै प्रकारका पलाष्टिकको बोतल वा गिलास एक पटकभन्दा बढी प्रयोग नगर्नुस् । जस्तो की कोल्ड डिंक्सको बोतल, मिनरल पानीको बोतल, चियाको गिलास आदि । यदि तपाईले पुनः दोस्रो पटक प्रयोग गर्नुभयो भने बोतलमा रहेको कारसिनोजेनिक नामक पदार्थ पानीमा मिल्न जान्छ र स्वास्थ्यका लागि हानिकारक हुन्छ ।