काठमाडौं । कहिलेकाँहि ब्रत बस्दा स्वास्थ्य लाभ पनि हुन्छन् । तर केही रोग वा स्वास्थ्य समस्या भएका मानिसहरुले ब्रत बस्न नहुने डाक्टरको सल्लाह छ । यसो गर्दा समस्यामा थप वृद्धि हुने डाक्टर बताउँछन् ।
– मधुमेहका बिरामी मधुमेहका बिरामीका लागि समयमा खाना र औषधी खानु अत्यावश्यक मानिन्छ । यदि यस्ता मानिसहरु ब्रत बस्छन् भने समस्या अझै बढ्न सक्छ ।
– उच्च रक्तचापका बिरामी उच्च रक्तचाप भएका बिरामीले ब्रत राखे उनीहरुको शरिरको प्रक्रिया बिग्रन सक्छ । यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ |
– मुटु रोगी मुटुका रोगीले खानपिनमा धेरै ध्यान दिनुपर्छ । यदि यस्ता रोगी लामो समयसम्म भोको रहन्छन् भने यसले शरिरको कामक्रियामा नराम्रो असर पुर्याउने गर्दछ ।
– मृगौलाका रोगी जसलाई मृगौलाको समस्या छ उनीहरुले ब्रत बस्नुहुँदैन । यसले मृगौला फेल हुने खतरा बढ्ने गर्दछ ।
– रक्तअल्पत्ताका बिरामी जो मानिसहरुमा रगतको कमी छ उनीहरुले ब्रत बस्नु हुँदैन । यसले शरिर कमजोर हुनुका साथै थकान बढाउने गर्दछ ।
– फोक्सोमा समस्या भएका मानिस जसको फोक्सोमा गम्भीर समस्या छ भने त्यस्ता व्यक्तिले ब्रत बस्नुहुँदैन । यसले समस्या अझै बढाउन सक्छ ।
– कलेजोका बिरामी जसलाई कलेजोमा समस्या छ उनीहरुले ब्रत बस्नु हुँदैन । यसले कलेजो बिगार्ने काम गर्दछ ।
– शल्यक्रिया गरेका रोगी शल्यक्रिया गरेका नयाँ रोगीले ब्रत बस्नुहुँदैन । यो क्रममा शरिरलाई भिटामिन र मिनरल्सको अत्यधिक आवश्यकता पर्ने भएकाले समय–समयमा खाना खाइरहनुपर्छ ।
– गर्भवती महिला गर्भवती महिलालाई भिटामिन र मिनरलसको आवश्यकता पर्छ । यदि यस्तो बेला उनी ब्रत बस्छिन् भने महिला र शिशु दुबैमा गम्भीर असर देखापर्न सक्छ ।
– स्तनपान गराउने महिला स्तनपान गराउने महिलाले ब्रत बस्नुहुँदैन । यसले बच्चालाई आवश्यक भिटामिन र मिनरल्स पाउनबाट बञ्चित गराउँछ । यसले बच्चाको विकासमा पनि नराम्रो असर निम्त्याउने गर्दछ ।
केहि नखाई भोकभोकै बसी भगवानको पुजा गर्नुलाई मात्रैलाई ‘व्रत बस्नु’ भनिँदैन। व्रत बस्नु भनेको शरीर अनि मस्तिष्कलाई आराम दिनु हो। सँधै गरिरहने नियमित तालिकाबाट मुक्ति पाउनु हो।
अधिकांश हिन्दु धर्मका भक्तजनहरू भगवानको नाम लिएर सोहि भगवानको बारअनुसार व्रत बस्ने गर्छन्। यसको पछाडी व्यक्तिको शारिरीक र मानसिक फाइदा लुकेको छ।
तर, के व्रत बस्नु ठीक हो? त्यसरी खाँदै नखाई दिन काट्नु राम्रो हो? फेरि आफ्नो स्वास्थ्यमा सुधार ल्याउन, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन, शरीरमा ऊर्जा ल्याउन अनि अन्य थरीथरीका समस्याबाट राहत पाउन दिनमा नियमति खाइराख्नुपर्छ भनेर पनि स्वास्थ्यविज्ञहरू भन्ने गर्दछन्।
पाचन प्रक्रियाले आराम गर्ने मौका पाउँछ।
शरीरमा रहेका विषाक्त पदार्थहरूलाई सफा गर्ने मौका पाउँदछ।
तौल घटाउनमा सहयोग मिल्दछ।
शरीरमा इन्सुलिनको संवेदनशीलता बढ्दछ- इन्सुलिनले शरीरमा गुलियोको मात्रालाई नियन्त्रण गराउँदछ जसले मधुमेह हुनबाट बचाउँछ।
आयु बढाउँदछः जति धेरै खायो, शरीर बूढो हुने मात्रामा त्यति नै वृद्धि हुने प्रमाण भेटिएको छ।
व्रत बसेपछिको भोक पनि मिठो हुन्छ।
व्रतले तपाईँको खानेबानीमा सुधार ल्याउँदछ।
मस्तिष्कको काम गर्ने क्षमतामा वृद्धि हुन्छ।
व्रत बस्दा पनि तपाईँको प्रतिरक्षा प्रणालीमा राहत पुग्दछ।
अनुहारको छालालाई सफा बनाई डण्डीफोर र दागधब्बाबाट राहत प्रदान गर्दछ।
तपाईँको मन, मुटु र मस्तिष्कमा ताजगी महशुस हुन्छ।
भावनात्मक हिसाबले तपाईँ आफूलाई स्थिर, स्पष्ट अनि सुखी महशुस गर्नुहुन्छ।
डिप्रेसनका बिरामीहरूले व्रत बस्दा आफ्नो चिन्ता, तनाव र पीडालाई कुनै एक लाभदायी क्रियाकलापमा केन्द्रित बनाउन सक्दछन्। जसले दिमागको एकाग्रता बढाउँदछ भने थकान र तनावमा पनि कमि आउँदछ। साथै निन्द्राको गुणस्तरमा पनि सुधार आउँदछ।
व्रत बस्नुभयो भने आफूलाई सामान्यभन्दा बढि जाँगरिलो महशुस गर्नुहुन्छ।
लगातार धेरै समयसम्म व्रत बस्नु पनि हानिकारक हुन्छ।
यदि तपाईँको रक्तचाप अत्याधिक कम छ र शरीर पनि कमजोर छ भने व्रत नबस्दै उचित हुन्छ।
नेपालमा विभिन्न धार्मिक र पैत्रिक अनुष्ठानमा व्रत बस्ने चलन छ । व्रत बस्दा कुनै विशेष खाने कुरा नखाने गरिन्छ । भारत र नेपालमा पनि खासगरी हिन्दु धर्माल्बीले ब्रतलाई विशेष महत्वपूर्ण समयकोरुपमा श्रद्धा गर्छन् । एकादशी,कृष्ण अष्टमी, तीज जस्ता पर्वमा व्रत बस्ने चलन छ ।
कतै तीर्थव्रत गर्दा वा कुनै पुजा आजा गर्दा पनि व्रत बस्नु अनिवार्य जस्तै हुन्छ । तर यस्तो समयमा दम्पतिले यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन भन्ने कुरामा भने सबैमा अन्यौल देखिन्छ ।
तर मानसिकरुपमा पवित्र बस्नुपर्ने यो समयमा शारीरिक चन्चलता समायोजन गर्न कठिन हुन्छ । व्रतको समयमा सेक्स गर्न हुन्छकि हुँदैन भन्ने विषयमा बहस गर्नु भन्दा पनि सेक्स कसरी मानसिकरुपमा अदम्य आयाम हो भन्ने कुरा बुझ्न जरुरी हुन्छ ।
खासमा व्रतको अवधि कति लामो हो या कति समय व्रत लम्बिन्छ भन्ने कुराले पनि यो समयमा सेक्स गर्ने कि नगर्ने भन्ने कुरा निर्धारण हुन्छ । अधिकाँश जोडी व्रतको समयमा पनि सेक्स गर्छन् । तर कतिपयलाई भने सेक्स गर्दा व्रत भंग हुने वा पाप लाग्ने डर लाग्छ । लामो समय सम्म चल्ने व्रत हो भने चाँहि शरीरमा उर्जा घट्दै जाँदा सेक्सको चाहाना कम हुँदै जान्छ ।
यदि तपाइँ धार्मिक व्रत गर्दै हुनुहुन्छ भने सेक्स नगर्नु्स् । धार्मिक अर्थमा व्रत बस्नु भनेको मानसिक मात्र नभएर शारीरिकरुपमा पनि शुद्ध रहनु र सांसारिक गतिविधीबाट पनि मुक्त रहने प्रयास हो ।
खासमा खाना नै सबै शारीरिक चाहानाको जड हो । जति खाना बढी खाइन्छ त्यति नै बढी सेक्सको चाहाना हुन्छ । सात दिन सम्म सेक्स नगरी बस्नु र अर्को सात दिन खाना नखानुस् कुन गाह्रो हुन्छ आफै अनुभव गर्नु हुनेछ । ना नखाने हो भने सेक्सको चाहाना आफै घट्छ ।
तर सेक्स कुनै अधार्मिक क्रियाकलाप पनि होइन । सबै धर्ममा यौन अनुशासनको कुरा गरिएको छ तर सेक्सको महिमा पनि सबै धर्मग्रन्थमा छ ।
सामान्यतया छोटो अवधीको व्रत बस्दा सेक्स नगर्नु नै राम्रो हुन्छ । तर दिन भन्दा लामो व्रतमा भने सेक्सको चाहाना पनि कम हुन्छ र सेक्स गर्दा पनि हुन्छ । व्रतमा सेक्स गर्दा भोक बढी लाग्छ । त्यसकारण व्रतको समयमा सकेसम्म सेक्स नगर्दा नै राम्रो हुन्छ ।