साउन महिनामा किन कपाल काट्न हुन्न ? यस्तो कारण,पढ्नुहोस्

अनलाइन दर्पण 2018-07-17
img

काठमाडौं, १ साउन । काठमाडौंको भोटेबहालमा १० वर्षदेखि सैलुन चलाउँदै आएका चन्द्रेश्वर ठाकुर साउन लागेपछि निराश देखिन्छन् । अरु महिनाको तुलनामा साउनमा कपाल काट्ने ग्राहक आउँदैनन् । आएकामध्ये धेरैले दाह्री मात्रै काटेर जान्छन् । कारण हो– साउनमा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता । अरु महिना राम्रै आम्दानी हुने सैलुन व्यवसायमा साउन लागेपछि ठूलो धक्का पर्छ । ‘अरु बेला दैनिक ५० भन्दा बढी ग्राहक आउँथे तर, साउन लागेपछि मुस्किलले १० जना कपाल काट्न आउँछन्,’ उनी भन्छन्, ‘साउनको कमाइले भाडा तिर्न पनि पुग्दैन ।’

शास्त्रीय परम्पराअनुसार विष्णुको अनुपस्थितिमा कपाल काट्न हुँदैन,’ उनले भने, ‘यो महिनामा विष्णुको भजन, कृतन गर्ने र हरियो लगाउने परम्परा छ, यो महिनामा कपाल काट्दा बिरामी परिन्छ भन्ने परम्परा छ ।’

उनीजस्तै काठमाडौंको तिनकुनेमा सैलुन चलाएर बसेका उमेश दास पनि साउनमा ग्राहकको संख्या घटेको बताउँछन् । ‘साउनमा कपाल काट्न हुन्न भन्ने मान्यताले धेरै मानिस कपाल काट्न आउँदैनन्,’ उनले भने, ‘युवाले भने यस्ता कुुरा मान्दैनन् । साउनमा कपाल काट्न पाकाभन्दा युवा नै बढी आउँछन् ।’ उनले साउन लागेपछि दिनमा मुस्किलले सात सय आम्दानी भएको बताए ।

शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल काट्न हुँदैन । कपाल काट्ने कार्य शुभकर्म भएकाले पनि भगवान विष्णु सुतेका बेला शुभकर्म गर्न नहुने मान्यता रहेको ज्योतिष गुरु पराचरले बताए । ‘शास्त्रीय परम्पराअनुसार विष्णुको अनुपस्थितिमा कपाल काट्न हुँदैन,’ उनले भने, ‘यो महिनामा विष्णुको भजन, कृतन गर्ने र हरियो लगाउने परम्परा छ, यो महिनामा कपाल काट्दा बिरामी परिन्छ भन्ने परम्परा छ ।

पौराणिक मान्यताअनुसार कपाल काट्न हुने र नहुने दिन पनि फरक–फरक छन् । आइतबार कपाल खौरिँदा एक महिना आयु घट्न सक्ने, मंगलबार काट्दा आठ महिना आयु घट्ने र शनिबार काट्दा एक वर्ष आयु घट्ने मान्यता छ । त्यस्तै, सोमबार कपाल काट्दा सात महिना आयु बढ्ने, बुधबार पाँच महिना बढ्ने, बिहीबार कपाल काट्दा १० महिना र शुक्रबारः ११ महिना आयु बढ्ने मान्यता रहिआएको ज्योतिष गुरु पराचरले बताए । -साभार न्युज रुम

सम्बन्धित समाचार

Advertisement