बालबालिकालाई इन्टरनेट, मोबाइल वा टिभी एडिक्सनबाट कसरी बचाउने?

अनलाइन दर्पण 2018-07-13
img

आजभोलिका धेरै बालबालिकामा गेम, टिभी र इन्टरनेटको लत लाग्ने गर्छ । यसरी लत लागेका बालिबालिका बिस्तारै एडिक्ट बन्न पुग्छन् । यस्तो एडिक्सनबाट बचाउन सकिएन भने थुप्रै समस्या सिर्जना हुन पुग्छ । बालबालिकालाई एडिक्सनबाट बचाउन यस्ता विधि अपनाउन सकिन्छ :

इन्टरनेट वा टिभी एडिक्सन

टिभी र इन्टरनेट एडिक्सन भएको बच्चाले यस्तो सामग्री प्रयोग गर्न नपाउन उदास हुन थाल्छ । र, एक्लोपनको अनुभूति गर्छ ।

फुर्सद पाउनेबित्तिकै टिभी सिरियल क्यारेक्टरको नक्कल गर्न थाल्छ । एउटै सिरियल पटक–पटक हेर्दा पनि झन्झट मान्दैन ।

यस्ता बच्चाले टिभी सिरियल र कार्टुन क्यारेक्टरलाई आफ्नो जीवनमा महसुस गर्न थाल्छ ।

मुक्त गर्न

एक समयमा उसलाई एउटै मात्र टिभी सिरियल हेर्नका लागि अनुमति दिनुपर्छ ।

टिभी हेर्ने समय निश्चित गर्नुपर्छ ।

लगातार टिभी हेर्‍यो भने खान नै नदिनेजस्ता विधि पनि अपनाउन सकिन्छ ।

बच्चालाई साँझ वा बिहानको समय आउटडोर गेम खेल्नका लागि प्रोत्साहित गर्नुपर्दछ । टिभीबाट टाढा रहेमा उसको शारीरिक विकासमा पनि मद्दत पुग्छ ।

मोबाइल एडिक्सन

मोबाइल एडिक्सनमा फसेको बच्चामा आँखामा भय देखिने गर्छ भने कतिपयका आँखा नै ठूला–ठूला हुन्छन् ।

बच्चाले घाँटीमा समेत पीडा महसुस गर्छ । र, अनुहारमा भय पोतिन्छ ।

बच्चाको हातमा फोन भएन भने अत्तालिन थाल्छ ।

मुक्त गर्न

यस्तो एडिक्सनबाट बचाउन बच्चालाई फोनबाट टाढा राख्ने प्रयास गर्नुपर्दछ ।

मोबाइलमा भएको अनावश्यक चिजलाई हटाउनुपर्छ । बच्चाले अधिकतम प्रयोग गर्ने एपलाई हटाउने गर्नुपर्दछ ।

मोबाइलमा गेमिङ र भिडियोको एप राख्नु हुँदैन ।

कडाइका साथ रोक्नुपर्दछ ।

गेमको एडिक्सन

बच्चामा गेमको एडिक्सन भयो भने गेम खेल्न नपाएको समयमा बेचैन हुन थाल्छ ।

बच्चा एक्लै खेल्न मन पराउने गर्छ । र, धेरै मानिसको बीचमा पनि चुपचाप बस्ने गर्दछ ।

बच्चा गेमविना केही सोच्नैनसक्ने हुन्छ । गेमकै मात्र कुरा गरिरहन्छ ।

बच्चाको हातको औँला स्वस्फूर्त चल्ने गर्दछ ।

मुक्त गर्न

गेम खेल्ने समय निश्चित गरिदिनुपर्दछ । आलार्म नै लगाएर बच्चाको गेम खेल्ने समयलाई टाइट गर्दै लैजानुपर्छ ।

लगातार एउटा मात्र गेम खेल्न दिनु हुँदैन । जुन गेम बच्चाले लामो समयसम्म प्रयोग गर्छ, त्यसलाई मोबाइल वा कम्प्युटरबाट हटाइहाल्नुपर्दछ ।

आउटडोर गेम खेल्नका लागि लिएर जानुपर्छ ।

दुई वा दुईभन्दा बढी बच्चाहरू मिलेर गर्न सक्ने क्रियाकलापबारे अभिभावकले योजना बनाउनुपर्दछ ।

सम्बन्धित समाचार