स्वस्थ रहन यी जुस पिउनुहोस्

अनलाइन दर्पण 2018-07-08
img

काठमाडौं । स्वस्थ रहन खानपानमा ध्यान दिन जरुरी छ । कुन रोग हुँदा कस्तो खालको खानेकुरा खाने र नखाने भन्नेमा विशेष ध्यान दिनुपर्छ । त्यसैगरी कुनै पनि रोग वा स्वास्थ्य समस्यामा विचार पु¥याएर जुस पिउनु उपयुक्त हुन्छ । कुन रोग लाग्दा कुन जुस पिउने त्यो थाहा पाउन आवश्यक्ता हुन्छ ।

एनिमिया, क्यान्सर लगायतका रोगमा उखुको रस लाभदायी हुन्छ । भोक नलाग्ने मान्छेले बिहान खाली पेट कागतीपानी खानुपर्छ । रगत सफा गर्न शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउनका लागि कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूको रस फाइदाजनक हुन्छ । दमको समस्या दमको रोगीले लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूध खाँदा फाइदा पुग्छ ।

गोलभेडामा भएको तत्वले बढ्दो उमेरको असरलाई कम गर्ने गर्दछ भने यसले फ्रि रेडिकल्ससँग पनि लड्न सहयोग गर्दछ । गोलभेडाको तेलले सोरायसिस र एक्जिमालाई कम गर्ने गर्दछ ।शारीरिक व्यायाम गरेपछि शरीरको ऊर्जा कम हुन्छ । यस ऊर्जाको कमीलाई हटाउन हामीहरू एनर्जी ड्रिंक लिन्छौं तर हराएको ऊर्जालाई फेरि पाउनका लागि सबभन्दा सजिलो तरिका गोलभेंडाको जुस पिउनु नै हो ।

उच्च रक्तचाप उच्च रक्तचापका रोगीहरूले गाजर, अंगुर र मौसमको जुस पिउनुपर्छ । लो ब्लडप्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ भने अमिलो फलको रस पिउनुहुँदैन । जन्डिसको रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ । घ्युकुमारीमा शरीरको रोगप्रतिरोधी क्षमता बढाउने तत्व अधिक हुन्छ ।उच्च रक्तचापका बिरामीका लागि पनि घ्युकुमारीको जुस अत्यन्त लाभदायक ।

घ्युकुमारीको जुसले शरीरमा चिनीको मात्रा सुगर सन्तुलित गर्ने भएकाले मधुमेहका डायबिटिज रोगीका लागि अत्यन्त लाभदायक । कब्जियत हुँदा घ्युकुमारी पानीमा मिसाएर खाँदा दिसा सजिलै खलास हुन्छ । अनुहारको दाग अनुहारको दाग हटाउनका लागि गाजर, खरबुजा, प्याज, लगायतको जुस शरीरलाई फाइदाजनक हुन्छ ।

सम्बन्धित समाचार

Advertisement