हिन्दुहरूले एकाबिहानै सूर्य भगवानलाई जल चढाउने परम्परा कायम राखेका छन् । यसो किन गरिएको हो भने बिहानीपख सूर्यका किरणलाई पानीमा हेर्दा वा सिधै हेर्दा आँखालाई राम्रो गर्छ अनि यो कार्य नियमित गर्दा हामी बिहानीको जीवनशैली अपनाउन थाल्छौं र बिहानको समय दिनको सबभन्दा प्रभावकारी भाग हो भनी प्रमाणित भएको छ ।
मन्दिरहरू यस्तो ठाउँमा राखिएका हुन्छन् जहाँ उत्तर÷दक्षिण ध्रुवको चुम्बकीय तथा विद्युतीय वितरणबाट प्राप्त सकारात्मक ऊर्जा प्रशस्त उपलब्ध हुन्छ । मुख्य मूर्ति मन्दिरको ठीक केन्द्रमा राखिएको हुन्छ जसलाई गर्भगृह वा मूलस्थान भनिन्छ । वास्तवमा मूर्ति प्रतिष्ठा गरेपछि मन्दिरको संरचना निर्माण गरिन्छ । यही मूलस्थानमा पृथिवीका सबभन्दा धेरै चुम्बकीय तरंग पाइन्छन् । मुख्य मूर्तिमुनि वैदिक लिपि खुँदिएका ताम्रपत्र पनि गाडिएका हुन्छन् । ताम्रपत्रले पृथिवीका चुम्बकीय तरंगलाई सोस्छ तथा त्यसलाई वरपरको वातावरणमा फैलाउँछ । त्यसैले नियमित रूपमा मन्दिर भ्रमण गर्ने र मुख्य मूर्तिलाई दाहिने घुम्ने व्यक्तिले यो चुम्बकीय तरंगलाई ग्रहण गरेर शरीरले सोस्छ । यो एकदमै ढिलो प्रक्रिया हो र मन्दिरको नियमित भ्रमण गर्दा यो सकारात्मक ऊर्जालाई सोस्न मद्दत गर्छ । वैज्ञानिक रूपमा भन्नुपर्दा स्वस्थ जीवनका लागि हामी सबैलाई सकारात्मक ऊर्जा आवश्यक हुन्छ ।
भारतीय हिन्दु महिलाहरूले आफ्नो गोडाको औंलामा औंठी लगाउने गर्छन् । यो विवाहिता महिलाको विशेषता मात्र नभएर यसका पछाडि वैज्ञानिक कारण पनि छ । सामान्यतया औंलाका औंठी दोस्रो औंलामा लगाइन्छ । दोस्रो औंलामा रहेको एक विशेष नसाले गर्भाशयलाई जोड्छ र त्यो मुटुमा पुग्छ ।
यो औंलामा औंठी लगाउँदा गर्भाशय मजबुत हुन्छ । यसले रक्तप्रवाहलाई नियमित गरेर स्वस्थ बनाउँछ र महिनावारीलाई नियमित बनाउँछ । यो औंठी चाँदीको हुने हुनाले यसले पृथिवीबाट ध्रुवीय ऊर्जालाई सोस्छ र शरीरमा पठाउँछ ।
नदीमा सिक्का फाल्दा सौभाग्य प्राप्त हुन्छ भन्ने कारण प्रायः दिइन्छ । तर वैज्ञानिक तवरले भन्नुपर्दा प्राचीन समयमा प्रयोग गरिने अधिकांश मुद्राहरू तामाबाट बनेका हुन्थे, अहिलेको जस्तो स्टिलबाट हैन । तामा मानव शरीरका लागि अत्यन्त उपयोगी धातु हो ।
पहिले नदी मात्र जलको स्रोत भएकाले पानी पिउँदा हाम्रो शरीरले पर्याप्त मात्रामा तामा पनि लिन सकोस् भनी सुनिश्चित गर्नका लागि हाम्रा पुर्खाले तामा फाल्न लगाएका हुन् । यो अभ्यास पालन गरून् भनी सुनिश्चित गर्नका लागि यसलाई परम्परा नै बनाइएको हो ।
निधारमा दुई आँखीभौंको बीचमा रहेको थलोलाई प्राचीनकालदेखि नै मानव शरीरको प्रमुख स्नायुविन्दुका रूपमा लिइन्थ्यो । ऊर्जाको क्षय रोक्नका लागि तिलकको महत्व रहेको विश्वास गरिन्छ ।
आँखीभौंका बीचमा रातो ‘कुमकुम’ लगाउँदा मानव शरीरमा ऊर्जा कायम राख्न मद्दत पुग्छ र ध्यानका विविध तहलाई नियन्त्रण गर्न सकिन्छ ।
आँखीभौंको मध्यको भाग र आद्यचक्रमा कुमकुम लगाउँदा ती स्वतः थिचिन्छन् । यसले अनुहारका मांसपेशीमा रक्तप्रवाहलाई बढाउँछन् ।
आयुर्वेदका प्रमुख चिकित्सक सुश्रुत ऋषिले शिरको सबभन्दा संवेदनशील क्षेत्रका रूपमा अभिपति मर्मलाई लिएका छन् जहाँ सबै स्नायुका जालोहरू विद्यमान हुन्छन् । शिखा वा टुप्पीले यो क्षेत्रलाई संरक्षण गर्छ । यसमुनि दिमागमा ब्रह्मरन्ध्र हुन्छ जहाँ सुषुम्ना नाडी शरीरको तल्लो भागबाट आइपुग्छ । योगमा ब्रह्मरन्ध्रलाई सर्वोच्च, सातौं चक्र मानिन्छ जुन हजारवटा पात भएको कमलजस्तो देखिन्छ । यो बुद्धिविवेकको केन्द्र हो । बाँधिएको टुप्पीले यो केन्द्रलाई बलियो बनाउन मद्दत गर्छ र यहाँ रहेको ओजस् नामक सूक्ष्म ऊर्जालाई संरक्षण गर्छ ।
हातमा रंग लगाउनुका अलावा मेहेन्दी एक अत्यन्त शक्तिशाली औषधीय जडीबुटी हो । विवाह प्रक्रिया तनावयुक्त हुन्छन् र प्रायः तनावले टाउको दुख्ने र ज्वरो फुटाउने काम गर्छन् । विवाहको दिन नजिकिँदै गर्दा उत्सुकताका साथ मिसिएको तनावयुक्त पर्खाइले दुलाहा र दुलही दुवैलाई असर पार्छ । मेहेन्दी लगाउँदा अत्यधिक तनावलाई रोकथाम गर्छ किनकि यसले शरीरलाई चिस्याउँछ र नसालाई तनावयुक्त हुन दिँदैन । यही कारणले गर्दा मेहेन्दी हात र गोडाहरूमा लगाइन्छ जहाँ शरीरका नसाका टुप्पाहरू विद्यमान हुन्छन् ।
भुइँमा बसेर खाने यो परम्परा मात्र होइन । यसलाई त सुखासनमा बस्ने अनि खाने रूपमा लिइन्छ । सुखासन हामीले प्रायः योग आसनका लागि प्रयोग गर्छौं ।
तपाईं भुइँमा बस्नुहुँदा प्रायः गोडा मारेर बस्नुहुन्छ : सुखासन वा अर्धपद्मासन । यी आसनले तत्कालै शान्तिको अनुभूति दिलाउँछन् र पाचनमा मद्दत पु¥याउँछन् । यिनले स्वतःस्फुर्त रूपमा पेटलाई पाचन प्रक्रियामा जानका लागि तपाईंको दिमागलाई संकेत दिन्छन् ।
भन्न त यसो गर्दा भूत वा मृत्युलाई डाक्ने काम हुन्छ भनिन्छ तर यसो किन गरिन्छ भने मानव शरीरको आफ्नै चुम्बकीय क्षेत्र हुन्छ (जसलाई रक्तप्रवाहका कारण मुटुको चुम्बकीय क्षेत्र भनिन्छ) र पृथिवी एक विशाल चुम्बक हो । हामी उत्त।तिर टाउको फर्काएर सुत्दा हाम्रो शरीरको चुम्बकीय क्षेत्र पृथिवीको चुम्बकीय क्षेत्रसँग पटक्कै तालमेल खाँदैन ।
त्यसले रक्तचाप सम्बन्धी समस्या निम्त्याउँछ र हाम्रो मुटुले चुम्बकीय क्षेत्रहरूको यो बेमेलमाथि विजय पाउन बढी मेहनत गर्नुपर्ने हुन्छ । योबाहेक पनि हाम्रो शरीरमा बग्ने रगतमा उल्लेख्य मात्रामा फलाम पाइन्छ । अनि यसरी उत्तर फर्किएर सुत्दा शरीरभर फैलिएको फलाम दिमागमा जम्मा हुन थाल्छ । यसले टाउको दुख्ने, विस्मरण रोग लाग्ने, ज्ञानको घटी, पार्किन्सन रोग र दिमाग बिग्रदै जाने समस्या आउँछ ।
कान छेड्नुको भारतवर्षीय संस्कारमा ठूलो महत्व छ । भारतीय चिकित्सक तथा दार्शनिकहरूले कान छेड्दा विद्वत्ता, सोच्ने शक्ति तथा निर्णय लिने क्षमताको विकासमा मद्दत गर्छ ।
धेर बोल्दा जीवन ऊर्जा हराउँदै जान्छ । कान छेड्नाले बोली नियन्त्रणमा मद्दत पुग्छ । यसले अस्वाभाविक व्यवहार घटाउन मद्दत गर्छ र कानका च्यानलहरू विकारमुक्त हुन्छन् । यो विचारले पश्चिमी जगतलाई समेत आकर्षण गरेको छ, त्यसैले पश्चिमाहरू पनि फेसनकै लागि भएपनि सुन्दर इयररिङ लगाउनका लागि कान छेड्न थालेका छन् ।-दिसिनेमा