बैतडी, २६ पुस । समाजमा छोरा र छोरीबिच हुने जिभेदकाे अन्त्य गर्ने उद्देश्यले दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई एकहजार रुपैया प्रोत्साहन भत्ता दिन सुरु गरेको हो ।
नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी भएबापत एक हजार र चार पटक गर्भजाँच गराएमा थप चार सय रुपैया दिदै आएको छ ।
छोरा जन्मिदा मात्रै खुसी हुने समाजको लागी गाउँपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी भनेर गरिने विभेदमा कमी आउने दोगडाकेदार गाउँपालिकाका स्थानियले बताए ।
छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिने कार्यले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने अामाहरुकाे संख्या बढ्ने हुँदा आमा र बच्चाको स्वास्थ्यमा कम खतरा हुने अपेक्षा लिएकाे गाउँपालिकाले जनाएकाे छ ।
छोरी जन्मिदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।