चित्रकुमार कार्की /उदयपुर । त्रियुगा नगरपालिका-१० बाेक्सेका युवाहरूले ट्राफिक जनचेतनामुलक कार्यक्रममा सक्रियता बढाएका छन् ।
ट्राफिक नियमको उल्लघनमा कमी ल्याउन र दुर्घटना नियुनीकरणका निमित्त युवाहरूको महत्वपुर्ण भुमिका हुनुपर्ने भन्दै युवाहरूले जनचेतना फैल्याउन कार्यक्रम गरिएको त्रिसप्त युवा समुहका अध्यक्ष दिपेन्द्र दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालका अनुसार बाेक्सेका युवाहरूले अाफ्नाे ठाउँबाट जनचेतनामूलक कार्यक्रम नियमित रूपमा संचालन गर्दै ट्राफिक नियम पालना गराउनु सबै युवाहरूको भुमिका रहने बताएका छन् ।
युवा समुहले नाे पार्किङ, गतिसिमीत, बढि दुर्घटना हुने क्षेत्र लगाएतका हाेडिङ बाेर्डहरु समेत निर्माण गरेका छ ।
समुहका स्वमसेवी युवाहरूले अाईतबार बाेक्सेका विभिन्न ठाउँमा पुगेर चेतनामुलक हाेर्डिङ बाेर्ड राखेका छन् ।