गाउँपालिका प्रमुख हुनु त यस्ताे पाे

अनलाइन दर्पण 2017-12-26
img

स्थानीय तहबाट जन प्रतिनिधी चयन भए लगत्तै कति प्रतिनिधीहरुले अालाेचित बन्न पूगे भने कतिले उदाहरणीय कार्य गरेका छन् ।  म्याग्दीको रघुगंगा गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा दुई किलोमिटर सडक खनाएका छन् ।

भण्डारीले फूलडाँडादेखि औल जोड्ने दुई किलोमिटर सडक खनाएपछी  गाउँका ६० घरपरिवारका ४ सयभन्दा बढी जनता प्रत्यक्ष लाभान्वित भएका छन्।

भण्डारीले स्थानीय चुनाव प्रचारका क्रममा आफूले जिते आफ्नै लगानीमा गाउँसम्म मोटरबाटो पुर्‍याउने प्रतिबद्धता गरेका थिए। सोही प्रतिबद्धताअनुसार व्यक्तिगतरुपमा ४ लाख खर्च गरेर गाउँपालिका प्रमुख भण्डारीले गाउँमा मोटरबाटो निर्माण गरेका हुन्।

'उहाँले आफूले गरेको प्रतिबद्धता पूरा गर्नुभएको छ। गाउँमा सडक पुगेपछि स्थानीय खुसी भएका छन्,' स्थानीय बताउँछन्।

सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । सडक उद्घाटन कार्यक्रममा प्रमुख भण्डारीले जनतालाई अनावश्यक आश्वासन नदिने र दिएको प्रतिबद्धता पूरा गर्ने बताउनुभयो ।

सम्बन्धित समाचार