काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अबको प्रधानमन्त्री ओली हुनेमा कुनै विवाद नभएको बताएका छन् । ज्ञवालीले पार्टी र सरकारमा अालोपालो हुन नसक्ने बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलको नेतृत्वमा चुनाव सफलता भएकाे दावी गरेका छन् ।
नेता ज्ञवालीले अढाई वर्षपछि अर्को प्रधानमन्त्री हुने भन्ने हुनै नसक्ने बताए । ‘पाँच वर्षसम्म ओलीकै नेतृत्वमा स्थिर सरकार चल्नेछ, पार्टी एकतापछि अालोपालो भन्ने नै रहँदैन’ उनले भने ।
सचिव ज्ञवालीले एमालेका नेताहरुको क्षमताको कसरी उपयोग गर्ने भन्ने विषय र एकीकृत पार्टीमा प्रचण्डसहित बादल, प्रभाकरलगायतका नेताहरुको क्षमतालाई कसरी उपयोग गर्ने भन्ने बारे छलफल गरि टुंगोमा पुग्ने बताए ।
एमाले र माकेको एकतालाई जनताले ठुलाे अाशाका साथ अनुमोदन गरिसकेको भएकाले दुबै पार्टीका नेताहरु पछी हट्न नसक्ने बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अाफू र ओलीबीच अालोपालो नेतृत्व गर्ने विषयमा सहमति भएको बताएको कुरालाई ज्ञवालीले घुमाउरो भाषामा गलत भनेका छन् । उनले पार्टी एकतापछि एउटै नेतृत्व हुने भएकाले अालोपालो नहुने दाबी समेत गरे । तर, पार्टीबीच एकता भएकाले दुबै पार्टीका नेताहरुले क्षमताअनुसार जिम्मेवारी पाउने बताए ।
एक अन्तरवार्ताको क्रममा ज्ञवालीले एमाले र माकेका नेताहरुको व्यवस्थापन अावश्यक नभएको बताउँदै देश र जनताको व्यवस्थापन गर्नु पर्ने अावश्यकता रहेको तर्क गरे ।
यसअघि एमाले महासचिव इश्वर पोखरेलले पनि अालोपालो नेतृत्व हुन नसक्ने बताउँदै अाएका थिए ।
यसैबीच शनिबार पार्टीको अान्तरिक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेले आफूहरुलाई बाहिरै राखेर सरकार गठन गर्न लागेको खुलासा गरेका छन् । उनले संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको प्रचण्डले बताएका छन् ।
शनिबार नवलपरासीको कावासोतीका आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले चुनावको परिणामसँगै सरकार गठनबारे फोरम अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको बताए । प्रचण्डको आजको खुलसासँगै एकताको लागि मरिहत्ते गरिरहेका माओवादी केन्द्रका नेताहरु निरास भएका छन् ।
प्रचण्डले एमाले नेताहरुले समानुपातिक परिणाम नअाएसम्म एमाले निकै चुरीफुरी गरेको तर समानुपातिकमा काँग्रेस हाराहारी नै अाएपछि बल्ल माकेको अावश्यकता महशुस गरेको बताए । अध्यक्ष प्रचण्डले उपेन्द्र यादवले हुँदैन भनेपछि एमाले फर्किएको बताए । उनले माओवादी केन्द्रको सहयोग विना एमालेले सरकार बनाउनै नसक्ने दाबी समेत गरे ।
प्रचण्डको यो गम्भीर अारोपको एमालेले केही बताइसकेको छैन ।