भक्तपुर, २५ मंसिर । नेपाल मज्दुर किसान पार्टिले अाफ्नाे वर्चस्व रहेकाे स्थान भक्तपुर क्षेत्र नम्वर १ बाट विजयी हाँसिल गरेकाे छ । भक्तपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभामा नेमकिपा प्रेम सुवाल ३३०७६ मतका साथ विजयी भएका छन् ।
निकटतम प्रतिद्वंद्वी लोकतांत्रिक गठबन्धन (काङ्ग्रेस) का बाबुराजा जोशीले १७८१८ भने बाम गठबन्धन माअाेवादी केन्द्रका मिलन सुवालले १५३७४ प्राप्त गरेका छन् ।
विजयी भए संगै नेमकिपा राष्ट्रिय पार्टि बन्ला? सबैकाे ध्यान यतातिर माेडिएकाे देखिन्छ । संविधान बमाेजिम राष्ट्रिय पार्टि बन्नका लागि नेमकिपाले यदि प्रत्यक्ष तर्फ १ सिट भन्दा बढी जित्न नसकेकाे खन्डमा समानुपातिक तर्फ कुल मतकाे २.९ प्रतिशत भन्दा माथि मत प्राप्त गर्नु पर्ने हुन्छ ।
यदी समानुपातिक तर्फ २.९ मत प्राप्त भएकाे खन्डमा सामान्य दलका तर्फबाट संसदमा प्रतिनिधित्व गर्न पाउने छन् तर समानुपातिक तर्फ २.९ मतकाे कुनै गणना भने हुने छैन ।