१८ मंसिर, काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट भएकाे छ । विस्फोटमा काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार गगन थापा सहित ११ जना घाइते भएका छन् ।
घरदौलो अभियानमा उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा रहेका बेला विस्फोट भएको हो । थापाको कान र ढाडमा चोट लागेको छ । उनलाई बमको छर्रा लागेको हो । यद्यपि उनको चोट सामान्य छ ।
थापाले आफू मुस्लिकले बचेको बताए । उनले भने, ‘घरदैलो ढिलो सुरु भएकाले जुलुसलाई अघि बढाउन छिट्टो हिडेको बेला परेर म बचेँ । साथीहरु पर्नुभयो ।’
प्रहरीका अनुसार विस्फोट हुँदा थापा ४० मिटरको दुरीमा थिए । विस्फोटमा थापासहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।