त्रिशुलीमा बस खस्यो , ६ को मृत्यु एक दर्जन घाइते

अनलाइन दर्पण 2017-11-29
img

काठमाडौं, १३ मंसिर,।  काठमाडौंबाट अर्घाखाँचीतर्फ जादैँ गरेको यात्रुवाहक पृथ्वीराजमार्गमा पर्ने चितवनको फिस्लिङ नजिक त्रिशुली नदीमा खसेको छ । बस नदीमा खस्दा ६ जनाको मृत्यु भएको र करिव एक दर्जन यात्रु घाइते भएका छन् ।

लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

घाइतेहरुको भरतपुर अस्पतालमा मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार